246
Shares
सर्लाही, २७ भदौं । मर्निङवाकमा निस्किएका व्यक्तिको ट्रकको ठक्करबाट सोमवार विहान मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने सर्लाहीको हरिवन नगरपालिका १० नयाँ रोडमा आज विहान ना. ८ ख. ८२६७ नम्वरको ट्रकले हरिवन नपा ९ का ५० बर्षिय रामचन्द्र रायमाझीलाई ठक्कर दिदा निजको मृत्यु भएको हो ।
रायमाझी विहानै ४ बजेको समयमा घरबाट मनिंङवाकमा निस्किएका थिए । सिरहाको मिर्चैयाबाट गहुँ लिएर हेटौडा तर्फ गइरहेका ट्रकले ठक्कर दिदा निजको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । ठक्कर दिने ट्रक पनि राजमार्गमै पल्टिएपछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक मुकेश ताम्राकारले बताए ।
मृतक रायमाझीको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गरिएको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन