232
Shares
नयाँ दिल्ली । भारतीय रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले सतहबाट हावामा मार गर्न सक्ने क्विक रियाक्सन मिसाइलको परिक्षण सफलता पूर्वक सम्पन्न गरेको छ ।
डीआरडीओले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट गरेको एक ट्वीटमा ओडिशाको चाँदीपुर स्थित इन्टिग्रेटेड टेस्ट रेञ्जबाट गरिएको ताजा परीक्षण भारतीय सेनाको मूल्यांकन अभ्यासको हिस्सा भएको बताएको हो । मिसाइलले यस दौरान आफ्नो लक्ष्यलाई सटिक निशाना बनाएको थियो । यस मिसाइललाई ड्रोन जस्ता पाइलट रहित यानलाई ध्वस्त पार्न बनाइएको छ । यसलाई विकास गर्न डीआरडीओका कयौँ प्रयोगशालाको योगदान रहेको छ ।
क्विक रियाक्सन मिसाइलमा प्रयोग गरिएका सबै उपकरण भारतमा नै तयारी गरिएको थियो । यसमा हिँडिरहेको लक्ष्यलाई पत्ता लगाएर त्यसलाई ट्रयाक गर्न सक्ने क्षमता रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन