भारत सरकारले तेजस लडाकु विमानको विकासका लागि अनुमति दिएको छ । भारत सरकारको मन्त्रिपरिषद् अन्तरर्गत सुरक्षा समितिले तेजस लडाकु विमानको विकासका लागि अनुमति दिएको हो ।
यससँगै अब भारतले तेजस मार्क – २ नामक लडाकु विमान निर्माणको काम थाल्नेछ । लडाकु विमानको निर्माण, परीक्षण र अनुमोदन प्रक्रियाका लागि ६ हजार ५ सय करोड भारतीय रुपैयाँभन्दा बढी लागत लाग्ने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
भारत सरकारले पाचौँ पुस्ताको नयाँ अत्याधुनिक लडाकु विमानको विकासका लागि पनि चाँडै अनुमति दिने अपेक्षा गरिएको एएनआईले जनाएको छ ।
पाचौँ पुस्ताको विमानको विकासका लागि भने १५ हजार करोड भारतीय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
नयाँ तथा शक्तिशाली जीई–४१४ इन्जिन जडित तेजस मार्क २ ले यसअघिको तेजन मार्क १ भन्दा धेरै लामो समयसम्म उडान भर्नसक्ने एवम् अझ धेरै हतियार बोक्नेसक्ने जनाइएको छ ।
नयाँ लडाकु विमानको परीक्षण उडान दुई वा तीन वर्षभित्र गरिसक्ने र यसको औपचारिक उत्पादन भने सन् २०३० सम्म भइसक्ने अपेक्षा गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन