नयाँ दिल्ली । आतंकवादीहरुलाई संरक्षण एवं प्रशिक्षित गराउदै आएका पाकिस्तानबाट यतिखेर भारतीय भुमितर्फ आतंकवादीहरु प्रवेश गर्न खोजिरहेको श्रब्य दृष्यहरु सार्वजनिक भएका छन् ।
भारत र पाकिस्तानबीच जारी रहेको विवादको कारण कश्मीरको उरी क्षेत्रबाट पाकिस्तानी आतंकवादीहरुले भारतीय भूमितर्फ प्रवेश गर्न खोजिरहेको भिडियो सार्वजनिक भएका हुन् ।
उरी क्षेत्रमा जडान गरिएको विद्युतीय निगरानी उपकरणमा तीन आतंकवादीहरु भारतीय भूमिमा प्रवेश गर्न खोजिरहेको दृश्य रेकर्ड भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । तर भारतीय सैनिक कारवाहीका क्रममा तीनै जना आतंकवादीहरु मारिएको समेत एएनआईले जनाएको छ ।
‘गोप्य स्रोतले दिएको जानकारी पछि विद्युतीय निगरानी उपकरणमा तीन आतंकवादीहरुको पहिचान भएको थियो । सेनाको तैनाथ दस्ताको कारवाहीमा उनीहरुको मृत्यु भएको छ ।’ नाम नखुलाइएका सैनिक अधिकारीलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।
सैनिक कारवाहीका क्रममा उनीहरुको शव, र सोही स्थानबाट दुई एके राइफल र एक चिनियाँ एम १६ राइफल बरामद गरिएको भारतीय सेनाको गोप्य श्रोतको उल्लेख गर्दै एउनआईको रिपोर्टमा उल्लेख गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन