सिमरा, ३० भदाै । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय, बाराको सिफारिसमा व्यक्तिको नाममा दर्ता भएको जग्गालाई मालपोत कार्यालय सिमराले पुनः सार्वजनिक (मसानघाट) कायम गरेको निर्णयलाई उच्च अदालतले जनकपुरको अस्थायी इजलास बिरगंजले उल्टाइदिएको छ ।
न्यायाधीशद्वय साधुराम सापकोटा र सीताराम मण्डलको इजलासले ८ बिघा ६ कट्ठा जग्गा सार्वजनिकबाट व्यक्तिको नाममा कायम गर्ने फैसला गरेकाे हो ।
गत २०७७ असोज २३ मा मालपोत कार्यालय सिमराले जीतपुरसिमरा–३ साविक कित्ता नं.५९ को ८ बिघा ६ कट्ठा जग्गालाई सार्वजनिक कायम गरेको थियो । २०२१ सालको नापीमा कित्ता ५९ को स्रेस्ता महलमा ऐलानी मसानघाट लेखिएको छ ।
उक्त जग्गा २०४७ साउन ३० मा रामचन्द्र गौतमको नाममा दर्ता भएको थियो । अदालतले प्राकृतिक न्यायको सिद्धान्तको हवाला दिदै यस अघि मालपोत कार्यालय, सिमराले गरेको सम्पूर्ण निर्णय बदर गरी ऐलानी मसानघाट भनी जनिएको फिल्डबुक र स्रेस्ता समेत अद्यावधिक गर्न नापी कार्यालयलाई आदेश दिएको छ ।
काठमाण्डौं धर्मस्थलीका रामचन्द्र गौतम २०२१ सालको नापी हुँदा १४ वर्षका हुँनुहुँन्थ्याे । उहाँ बारामा आएर कसरी जग्गा भोगचलन गर्न थाल्नु भयाे भन्ने प्रश्न उठे पछि गत वर्ष स्थानीयले विरोध गर्दै छानबिनको माँग गरेका थिए । बाराको साविक पिप्रा सिमरा ४ ‘क’ को कित्ता ५९ को ६ बिघा ८ कट्ठा जग्गाधनी महल खाली भई कैफियतमा ‘यो जग्गा ऐलानी मसानघाट हो’ भनी तत्कालीन प्रधानपञ्च प्रभुनाथ उपाध्याद्वारा हस्ताक्षर प्रमाणित भएको उक्त जग्गा सिमरा–२ का रामचन्द्र गौतमले २०४२ फागुन १० मा दिएको निवेदनका आधारमा २०४७ मा मालपोतले नामसारी गरिदिएको थियो । सिमरावासीका अनुसार गौतम २०३४ सालमा सडक कार्यालय पथलैया र २०४७ सालमा जिल्ला वन कार्यालय, बारामा कर्मचारीका रूपमा कार्यरत रहँनु भएको थियाे ।
गौतमले २०२१ साल देखि बाराको मसानघाटको जग्गा भोगचलन गरेको दाबी गर्नुभएकाे छ । तर, उहाँको नागरिकतालाई आधार मान्दा २०२१ सालमा उमेर १४ वर्ष मात्रै थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन