बिरगंज, ३० भदाै । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलन स्थगित गरेको छ । देशभरका डिपोबाट पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिएर आन्दोलनमा रहेको महासंघले नेपाल आयल निगमसँग तीन बुँदे सहमति पछि आन्दोलन स्थगित गरेको हो ।
हिजाे भएको सहमति र आउँदै गरेको ठूला चाडपर्वका कारण आम जनताको आवागमनलाई ध्यानमा राखेर आन्दोलन स्थगित गरिएको महासंघका अध्यक्ष खगेश्वर बोहराले जानकारी दिनुभयाे ।
नेपाल आयल निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइत र महासंघका अध्यक्ष बोहराले संयुक्त विज्ञप्ति जारी गर्दै सहमति बारे जानकारी गराउँनु भएकाे छ । व्यवसायीको माँग अनुरुपको भाडा वृद्धि सम्बन्धी सञ्चालक समितिमा पेश भएको प्रतिवेदन आगामी असोज ७ गते सम्म निर्णय गरी लागु गर्ने सहमति भएको छ ।
त्यस्तै ढुवानी व्यवसायीको माँगका सम्बन्धमा महासंघका प्रतिनिधि सहिँत सम्बन्धित संघ संस्था तथा संगठनका प्रतिनिधिहरुको उपस्थितिमा छलफल गरेर उचित सम्बोधन गर्ने र महासंघले ढुवानी सेवा नियमित गर्ने सहमति भएको हो । महासंघले लामो समय देखि ढुवानी भाडामा समय सापेक्ष वृद्धि तथा समायोजनका लागि माँग पेश गरे पनि निगमले सुनुवाइ नगरेको भन्दै पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी दिएको थियो ।
त्यस पछि बुधवार देखि अमलेखगञ्ज डिपोबाट अन्यत्र डिपोका लागि पेट्रोलियम पदार्थ लोडिङ गर्न छोडेको थियो । असोज १ गतेबाट देशभरका सबै डिपोहरुमा लोड तथा अनलोड नगर्ने चेतावनी दिएको थियो । ढुवानी व्यवसायीको आन्दोलनका कारण विभिन्न एयरपोर्टमा पेट्रोलको अभाव हुँन थालेको भन्दै निगमले कानुनी कारबाही गर्ने चेतावनी समेत दिएका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन