234
Shares
रौतहट, २ असोज । रौतहटको चन्द्रपुर स्थित ईटा उद्योगमा कार्यरत एक चौकीदारको शंकास्पद मृत्यु भएको छ ।
चन्द्रपुर नगरपालिका वडा नम्वर १० मा रहेको बिबिए ईटा उद्योगमा चौकीदारको रुपमा काम गर्ने ४० बर्षिय जलिल मियाको शंकास्पद मृत्यु भएको हो ।
रातीको समयमा कसैले मियाको टाउकोमा हिर्काएर हत्या गरेको हुन सक्ने ईलाका प्रहरी कार्यालय चन्द्रपुरले गरेको छ । मृतक मियाको टाउकोमा चोट र रगताम्य अवस्थामा शव फेला परेपछि प्रहरीको तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान अगाडी बढाइएको इप्रका चन्द्रपुरका डिएसपी सन्तुप्रसाद जयसवारको बताए ।
उद्योगमा राती मिया मात्र रहेको र उनलाई कसैले फलामको डण्डीले हानेर हत्या गरेको हुनसक्ने आशंकामा अनुसन्धान जारी रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन