नवलपरासी । पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने नवलपरासीको गैंडाकोट स्थित राजमार्ग निर्माणमा चिनियाँ ठेकेदारले गरेको चरम लापरबाहीको कारण स्थानीयहरूले निर्माण कम्पनी विरुद्ध राजमार्गमा प्रर्दशन गरेका छन् ।
गैंडाकोट स्थित हर्कपुर चोकमा राजमार्ग अवरुद्ध गरेर प्लेकार्ड सहित स्थानीयहरूले निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार विरुद्ध नाराबाजी गरेका हुन् । स्थानीयले एक घण्टासम्म राजमार्ग अवरुद्ध गरेका थिए । गैंडाकोट नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष देवीदत्त कँडेलका अनुसार ३ वर्षमा काम सम्पन्न गर्नेगरी ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनीले सडक निर्माणको काम नगरेर राजमार्गमा कमसल एवं गुणस्तरिय काम गर्दा खाल्डा नै खाल्डाहरु बनाएर छाडेका कारण बाध्य भएर स्थानीयहरुलाई सडक आन्दोलनमा उत्रनु परेको बताए ।
वडा नम्बर १० का वडाअध्यक्ष कँडेल र वडा नम्बर ११ का वडाअध्यक्ष गोविन्द सुवेदीले आन्दोलनको आह्वान गरेका थिए । साथै सरकारले पनि सडकको अनुगमन नगर्दा ठेकेदारले लापरबाही गरेको प्रदर्शनकारीहरूको आरोप छ ।
४ वर्षसम्म सडक निर्माण नहुँदा सडकमा बनाइएका खाल्डाहरूमा परेर मान्छेको ज्यानसमेत जानेगरेको भन्दै स्थानीयहरू आन्दोलित बनेको सुवेदीले बताए । राजमार्ग निर्माण गर्ने भनेर भत्काएर त्यसै छोडेका कारण राजमार्गमा धरापै धराप छ । सडकका खाल्डाखुल्डी र धुलोका कारण कावासोतीबाट ३० किलोमिटर पूर्वको नारायणगढ बजार पुग्न ३ घण्टा लाग्ने गर्दा स्थानीयहरुलाई निकै सास्तीको सामना गर्नुपरेको अवस्था छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन