रौतहट, ७ असोज । नेपाल भारतको सीमावर्ती क्षेत्रमा नक्कली नोट छाप्ने छापाखाना संचालनमा रहेको पाइएको छ ।
नेपाली नागरिकहरुलाई ठगि गर्ने मनसायबाट संचालनमा रहेका नेपाली नक्कली नोटको छापाखानामा कयौं नेपालीहरु डबल, त्रिपल बनाउने चक्करमा मूल धन समेत गुमाउनु परेको हो ।
नेपाली र भारतीय नागरिक मिलेर संचालनमा रहेका त्यस्ता गैर कानुनी कारोवारमा कयौं नेपाली नागरिकहरु ठगिएका छन् । सुरु सुरुमा थोरै सक्कली नोट दिएर पल्काउने पछि मोटो रकम लिएर जाँदा प्रहरीको वर्दी देखाएर लुटपाट गरेर पठाइदिने कार्य चल्दै आएको भारतीय प्रहरीले थाहा पाउने वित्तिकै उक्त गिरोहलाई पर्दाफास गरे ।
भारत विहार राज्यको सीतामढी जिल्लाको केही गाउँमा नेपाली नक्कली नोट छाप्ने जस्ता गैरकानुनी कार्य संचालनमा थिए तर गोप्य सूचनाको आधारमा सीतामढी प्रहरीले विभिन्न स्थानमा छापा मारेर उक्त कार्यमा संलग्न ८ जनालाई नियन्त्रणमा लिएको मध्ये दुई जना नेपाली दम्पती पनि सहभागी रहेको बताइएको हो ।
सीतामढी जिल्लाको मेजरगंज थाना अन्तर्गत पर्ने खैरवा गाउँमा भारतीय प्रहरीले छापा हानेर एक नेपाली दम्पती सहित ८ जनालाई नक्कली नोटको साथ नियन्त्रणमा लिएका छन् । दशै तिहारको चाँडपर्व नजिकिदै जाँदा गैरकानुनी कार्य गर्नेहरु अहिले सक्रिय बनेको छ ।
सीतामढी प्रहरीका एसपी हरकिशोर रायका अनुसार सीगा र बैरगनिया नाथा क्षेत्रमा केही व्यक्तिहरु नक्कली नेपाली नोटको कारोवारमा संलग्न रहेको सूचना पाएपछि प्रहरी एक्सनमा गएर सफलता हाँसिल गरे । केही व्यक्तिले नोटको डबल गरेर पैसा दिने सुचनाको आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरलाई पक्राउ गर्न सफल भए । सूचनाको आधारमा मेजरगंजका स्थानीय सुशीलकुमार तिवारीको घरमा छापा मारेर घर मालिक तिवार, स्थानीय लडु मदारी, मेजरगंज गाउँका आफताव आलम तथा नेपाल सर्लाहीका सीमा देवी र उनको श्रीमान चौधरीलाई नियन्त्रणमा लिएको एसपी रायले दाबी गरे ।
उनीहरुको साथबाट एक थान पेस्तोल, एक थान म्याग्जिन, ५ थान मोबाइल, ५ सयका ७३ थान भारतीय नोट, १ हजारका १७ थान नेपाली नोट, ८ बण्डल १ हजार नेपाली नोटको साइजको सादा कागज, एक थान हिटर तथा स्टीकर बरामद भएको सीतामढी प्रहरीले जनाएको छ ।
यस्तै, रीगा थाना क्षेत्रको पिपरा निवासी राजेन्द्र महतोको घरमा छापा मारेर २ थान मोबाइल, २ लाख नेपाली नक्कली नोट, नोट छाप्ने कागज र प्रहरीको वर्दी वरामद गरेको छ । राजेन्द्र र उनका छोरा मुन्नाकुमार पक्राउ परेका छन् । राजेन्द्रका अनुसार नक्कली नोटका मुख्य कारोवारी बैरगनिया बेगाहीका बबलू झा रहेको बताए । झाकै निर्देशन अनुसार आफुहरुले प्रहरीको वर्दी लगाएर नक्कली नोटको कारोबार गर्ने गरेको राजेन्द्रले बयान भनेका छन् ।
सिमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरु यस्ता गैरकानुनी कार्यबाट जोगिनुपर्ने सीतामढी एसपी रायले आग्रह गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन