काठमाडौं । संघिय राजधानी काठमाडौंको गोठाटारमा व्यवसायी लाल मोहम्मदको गोली हानेर हत्या भएको चार दिनमै घटनामा मुख्य योजनाकार भनिएका व्यक्तिको पृष्ठभूमि आपराधिक रहेको खुलेको छ ।
भारतको हरियाणा घर भएका नितेन मदन अरोरा लामो समयदेखि नेपालमा बसेर अपराधिक गतिविधिमा संलग्न भएको पाइएको हो । सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका लाल मोहम्मदको हत्या गर्नुअघि नै उनी प्रहरीको खोजी सूचीमा थिए । ‘नितेनलाई लुटपाट आरोपमा प्रहरीले खोजिरहेका थियौं’ अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृत भन्छन्, ‘न्युरोडबाट उनले ७० लाख नगद लुटेर भागेका थिए ।’
१ वर्षअघि उनले न्यूरोडबाट ७० लाख नेपाली रुपैयाँ लुटेर भागेको प्रहरीको भनाइ छ । सो पैसा हुण्डीको भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पीडितले ७० लाख नेपाली र ३० लाख भारतीय रुपैयाँ लुटिएको दाबी गरेका छन् । तर, हुण्डीको पैसा भएकाले पीडित पनि खुलेर आएनन ।
लाल मोहम्मद हत्याको मुख्य योजनाकार नितेन मदन अरोरा
तर, प्रहरी वृत्त जनसेवा र जिल्ला प्रहरी परिसर काठमाडौंले नितेनमाथि निगरानी गरिरहेको थियो । हाल फरार नितेन लामो समयदेखि काठमाडौंमा बस्दै आएको बताइएको छ । उनका दाइ र आमा अहिले काठमाडौंमै छन् । हरियाणा स्थायी घर भएका नितेनले पत्नीलाई दिल्लीमा राखेका छन् । क्यासिनोको बानी परेको नितेनले लाखौं सिध्याएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।
अन्डरवल्र्ड उदय सेट्ठीलाई जुत्ता पुर्याउन जेल जान्थे
लाल मोहम्मदको हत्या कनेक्सन भारतीय अन्डरवल्र्ड डन उदय सेट्ठीसँग देखिएको छ । रसुवा कारागारमा रहेका अन्डरवल्र्ड डन सेट्ठीसँग नितेन नियमित टेलिफोन सम्पर्कमा थिए । काठमाडौंबाट ब्राण्डेड जुत्ता बोकेर उनी सेट्ठीलाई भेट्न रसुवा कारागार जान्थे । उनले सेट्ठीको इशारामा काम गर्ने गरेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले उढृत गर्दै विभिन्न अनलाइन बताए ।
अन्डरवल्र्ड डन छोटा राजनका मुख्य सहयोगी सेट्ठी सामाखुसीका व्यवसायी केदार कक्षपतीका छोरा निरजलाई अपहरण गरेर १ करोड ५० लाख फिरौती लिएको मुद्दामा जेलमा छन् ।
लाल मोहम्मद पनि लामो समय रसुवा कारागारमा बसेका थिए । २०६४ असार २० मा काठमाडौंको अनामनगर स्थित धोबिखोलामा बाराका बलराम पटुवालाई गोली हानेर हत्या गरेपछि जेल परेका उनी करिब १० वर्षपछि निस्केका थिए ।
पटुवा जाली नोट कारोबारमा जोडिएका थिए । विगतमा जाली नोट कारोबारमा जोडिएका व्यक्तिहरुको हत्यामा पनि छोटा राजन र भारतीय अन्डरवल्र्ड बब्लु श्रीवास्तव र ‘बब्बु’ भनिने त्रिलोक सिंह उर्फ दीपक शाहीको समूह संलग्न हुँदै आएको छ । बब्लु अहिले जेलमा छन् । उनी जेल परेपछि नेपालमा बब्बुको समूह प्रयोग हुने गरेको श्रोतले बताउँछन् ।
लाल मोहम्मद हत्यालाई प्रहरी अधिकारीहरुले पुराना जाली नोट कारोबारीको हत्याको श्रृङ्खलासँग जोडेर अनुसन्धान गरिरहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन