क्यानडाको टोरन्टोमा रहेको प्रख्यात स्वामिनारायण हिन्दू मन्दिरमा हिजो अज्ञात व्यक्तिले तोडफोड गरी मन्दिरको पर्खालमा खालिस्तानी र भारत विरोधी सोल्गनले रंग लगाएको एउटा डरलाग्दो घटना भएको छ । भारतले घटनाको निन्दा गरेको छ । क्यानडा सरकारलाई दोषीहरू विरुद्ध छिटो कारबाही गर्न आग्रह गरेको छ ।
“हामी बीएपीएस स्वामीनारायण मन्दिर टोरन्टोलाई भारत विरोधी भित्तिचित्रको साथ अपमानित गर्ने कडा निन्दा गर्दछौं । क्यानाडाली अधिकारीहरूलाई घटनाको अनुसन्धान गर्न र दोषीहरूलाई तुरुन्त कारबाही गर्न अनुरोध गरेका छौं,” क्यानडास्थित भारतीय राजदूतावासले भनेको छ । सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा मन्दिरको भित्तामा खालिस्तानी नारा लेखिएको देखिएको छ । घटनाको समय अझै खुल्न सकेको छैन ।
बीएपीएस स्वामिनारायण संस्था एक आध्यात्मिक, स्वयंसेवक–संचालित विश्वास हो । जसले आस्था, एकता, र निस्वार्थ सेवाको हिन्दू आदर्शहरूलाई बढावा दिएर व्यक्तिगत वृद्धि मार्फत समाज सुधार गर्न समर्पित छ । धेरै क्यानाडाली नेताहरूले घटनाप्रति दुख व्यक्त गरेका छन् । “टोरन्टोको बीएपीएस स्वामीनारायण मन्दिरमा भएको तोडफोडको बारेमा सुनेर धेरै निराश छु । जीटीए वा क्यानडामा यस प्रकारको घृणाको कुनै स्थान छैन ।
आशा गरौं कि दोषी अपराधीहरूलाई छिट्टै न्यायको कठघरामा ल्याइयोस्,” ब्राम्पटनका मेयर प्याट्रिक ब्राउनले ट्वीट गरेका छन् । क्यानडाका भारतीय मूलका सांसद चन्द्र आर्यले घटना मात्रै नभएर हिन्दू मन्दिरलाई पछिल्लो समय यस्ता घटनाले निशाना बनाइएको बताए ।
“क्यानाडाली खालिस्तानी चरमपन्थीहरूद्वारा टोरन्टो बीएपीएस श्री स्वामीनारायण मन्दिरको तोडफोडको सबैले निन्दा गर्नुपर्छ । यो केवल एक पृथक घटना होइन । हालैका विगतमा क्यानाडाका हिन्दू मन्दिरहरू यस प्रकारका घृणित अपराधहरूद्वारा लक्षित भएका छन् । हिन्दू क्यानाडालीहरू वैध रूपमा चिन्तित छन्,” आर्याले ट्विट गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन