इन्डिया ग्लोबल पावर इन वर्ल्डः मोदी सरकारले विगत केही वर्षदेखि गरिरहेको प्रयासको फलस्वरूप अहिले सार्थक हुन थालेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले अहिले विश्वमा आफूलाई ठूलो विश्व शक्तिका रूपमा स्थापित गरेको देखिन्छ । यो वर्ष भारतले विश्वका प्रमुख अन्तर्राष्ट्रिय संस्थाको अध्यक्षता पाउने भएको छ । यससँगै विश्वका धनी राष्ट्रहरूको संगठन जी–७ मा समावेश गर्ने विषयमा पनि छलफल भइरहेको छ । यदि यसो भयो भने, यस संस्थाको नाम परिवर्तन गरी G-8 हुनेछ ।
सांघाई सहयोग संगठन (SCO) को अध्यक्षता भारतलाई आएको छ र यसको सम्मेलन आगामी सेप्टेम्बरमा भारतमा हुने भएको छ । यो संगठनमा भारत बाहेक रुस, चीन, पाकिस्तान र मध्य एसियाका ५ देश सामेल छन् । यस सम्मेलनको अध्यक्ष भएकाले भारतले आतंकवाद र विदेशी आर्थिक सहयोग जस्ता मुद्दामा प्रस्ताव पारित गरेर पाकिस्तानमाथि कारवाही गर्न सक्नेछ । G-20 को अध्यक्षता भारतले गर्ने
यससँगै भारतले यसै वर्षको डिसेम्बरमा विश्वका विकसित र विकासशील देशहरूको प्रमुख संगठन G-20 को अध्यक्षता पनि पाउनेछ। अर्को वर्ष यस प्रभावशाली संस्थाको सम्मेलन भारतमा हुने भएको छ । यस संस्थामा अमेरिका, रुस, चीन, भारत, इन्डोनेसिया, बेलायत, फ्रान्स, अष्ट्रेलिया, साउदी अरेबियालगायत धेरै प्रभावशाली देशहरू सामेल छन्।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन