दुर्गा भगवती गापामा कोभिड—१९ बाट प्रभावित ४१५ जनाको लागि आएको रकम फिर्ता हुने अवस्थामा

594 Shares

रौतहट, ९ असोज । नेपाल सरकारले कोभिड पिडितलाई राहत दिने दुर्गा भगवती गाउँपालिकामा पठाइएको रकम फोहरी राजनीतिको कारण लक्ष्ति वर्ग समक्ष सकेको छैनन् ।
दुर्गा भगवती गाउँपालिकाको ५ वटै वडामा ४१५ जना कोभिड—१९ बाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण गर्न सनराइज बैंकको अकाउन्ट पेयवल खातामा ४१ लाख ५० हजार राखिएका हुन् ।
सनराइज बैंकले दुर्गा भगवती गाउँपालिकामा दुई पटक पत्र पठाएर साउन मसान्त भित्र पिडितहरुको विवरण सहितको नामावली पठाउन माग गरिएका थिए । बैंकले पुन ः भदौं ८ गते पालिकालाई तोकता पत्र पठाई सात दिन भित्र विवरणहरु पठाउन भनिएतापनि हाल सम्म विवरण उपलब्ध नगराउदा कोभिड—१९ का पिडितहरु झन् मर्माहतमा परेका छन् ।


सनराइज बैकले मैनेजर्स चेक मार्फत रकम नेपाल सरकारलाई फिर्ता गर्न समेत भनिएको पालिकालाई पठाएको पत्रमा उल्लेख रहेको छ । यता गाउँपालिकामा बहुमतिय खेलको कारण पिडितहरु फोहरी राजनीतिक खेलको शिकार बनेको बताइएको छ ।
खण्ड ७१ को संख्या २८ नेपाल राजपत्र भाग ५ मिति २०७८÷७÷१५ गते प्रकाशित कोभिड—१९ को निर्देशिका अनुसार बुंदा नम्वर ८ मा अनुगमन तथा सहजीकरण समिति बनाइएको छ । उक्त अनुगमन समितिमा उपप्रमुख वा उपाध्यक्ष अनुगमन समितिको संयोजक, स्थानीय तहको कार्यपालिकामा रहेका वडाध्यक्ष बाहेकका दुई जना कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत स्तरको कर्मचारी सदस्य सचिव रहने गरी पाँच सदस्यीय समिति रहने स्पष्ट रुपमा उल्लेख गरिएको छ ।


यस सन्दर्भमा दुर्गा भगवती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवका अनुसार निर्वाचन अघि समिति अपुरो समिति बनेका थिए तर निर्वाचन पछि कार्यपालिकाको बैठकबाट निर्णय गरेर समितिको निर्माण गर्नुपर्नेमा बहुमत नजुट्दा समिति बन्न सकेको छैनन् । हामी निकै प्रयास गरेका छौं कोभिडबाट पिडित बनेका अति विपन्न परिवार समक्ष उक्त रकम पुगोस भनेर लागिपरेको छु तर अहिले सम्म सफलता नपाएको गुनासो गरे ।
निर्वाचित कार्यपालिका सदस्यहरुलाई अनुरोध गर्दै आएको छु कम्तीमा कोभिड पिडितको समिति बनाई अनुगमन गरेर उनीहरुको खातामा रकम पठाइदिन अझै पनि प्रयासरत रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।