432
Shares
रौतहट, १४ असोज । रौतहटको वृन्दावन नगरपालिका वडा नं ३ विश्रामपुरमा नगरस्तरीय मेयर कप नकआउट टि–ट्वान्टी क्रिकेट प्रतियोगिता बिहिवारदेखि संचालनमा आएको छ ।
वृन्दावन नगरपालिकाको आर्थिक सहयोग तथा राजदेवी युवा क्लव हर्षाहाको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको नगर प्रमुख विनोद प्रसाद पटेलले बिहिवार एक समारोहका विच उदघाटन गरेको हो ।
आयोजित कार्यक्रममा मेयर पटेलले खिलाडीहरु सँग क्रिकेट खेलेर प्रतियोगिताको उदघाटन गरे । एक महिना अर्थात कार्तिक १२ गतेसम्म चल्ने प्रतियोगिताका विजेतालाई नगद रु ५० हजार र उपविजेता टोलीलाई नगद रु ३० हजार रुपैयाका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक राजदेवी युवा क्लवका अध्यक्ष आशिसराज पटेलले जानकारी दिए ।
प्रतियोगितामा नगरका वडा नं १ देखी ९ वटै वडाका टोलीहरुबीच प्रतिष्पर्धा हुने जनाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन