काठमाडौं, २१ असोज । जनता समाजवादी पार्टी सत्ता समिकरण र तालमेल गर्न जस्तोसुकै सम्झौता गर्न तयार हुने यो नौलो कुरा होइनन, पछिल्लो समयमा जसपा र एमाले विच नजदिकी बढ्दै जानुबाट स्पष्ट देखिन्छ सत्ता स्वार्थको लागि तालमेल गर्न उपेन्द्र यादव माहिर खेलाडी रहेको रुपमा आफूलाई नेपाल दलबदलको राजनीतिमा स्थापित गराईसकेको सहजै महसुस गर्न सकिन्छ ।
सत्तारुद्ध गठबन्धनमा मागे अनुसारको सीट पाउने सम्भावना नदेखिदा प्रतिपक्ष एमाले संग तालमेल गर्न लागि परेको छ । यसरी दुई वटा डुंगामा खुटा राख्दाको अवस्था के हुन्छ आउदो समयमा जसपालाई त्यस्तो त हुदैन भने नकार्न नसकिने कतिपय राजनीतिक दृष्टिकार्णहरु राख्नेहरुको राय रहेको छ ।
नेकपा एमाले र जनता समाजवादी पार्टी बीच समहमतीको अन्तिम प्रयास जारी रहेपनि केही सीटमा समझदारी नमिल्दा अहिले समम सहमती हुन नसकेको बताइएको छ ।
एमालेसँग गठबन्धन गर्दा जसपालाई प्रतिनिधिसभाका २४ सिट पाउने सम्भावना छ । मधेस प्रदेशको १६ र अरु प्रदेशमा ८ सिट छ । एमाले नेताहरु भने २२ सिटसम्म दिन तयार देखिएका छन् ।
केही जसपाका नेताहरुका अनुसार केही सिटमा सहमति हुन नसकेको बताउँछन् । बारा २ मा दुबै दलले दाबी गरेको छ ।
माओवादी छाडेर एमालेमा आएकी ज्वाला साहलाई चुनाव लडाउन चाहेको छ । तर त्यहाँ जसपाको पनि त्यही सीटमा दाबी छ । अध्यक्ष उपेन्द्र यादवका विश्वासपात्र रामसहाय यादव त्यहाँका निवर्तमान संसद हुन् र उनी फेरि चुनाव लड्न चाहन्छन् ।
धनुषा २ मा पनि दुबै दलको दाबी छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर आएका उमाशंकर अरगरियालाई टिकट दिने बचन दिइसकेको छ । तर जसपाले पनि यो क्षेत्रमा दाबी गरेको छ ।
दुई दलबीच सहमति हुन नसकेको अर्को क्षेत्र हो, बाँके २ मा एमालेले यहाँ राप्रपाका महामन्त्री धवलशमशेर राणालाई सघाउने बचन दिइसकेको छ । तर जसपाका मो. ईस्तियाक राई निवर्तमान सांसद र बहालवाला मन्त्री छन् ।
एमालेका एक नेता भन्छन्, प्रदेशमा पनि केही क्षेत्रमा सहमति हुन बाँकी छ । तर हामी सहमतिको नजिक छौं । जसपाका एक नेताले पनि अब सत्ता गठबन्धनसँगै सहमति हुने सम्भावनाको ढोका करिव करिव बन्द हुन लागेको र एमालेसँग सहमति हुन निश्चितामा पुग्ने बढि सम्भावना रहेका छ । कतिपय नेपाली राजनीति जगतको टिप्पणीकर्ताहरु सधैभरी सत्ता शक्ति केन्द्रको नजिक रहन रुचाउने जसपा अध्यक्ष उपेन्द्र यादवको हविगत मधेशी जनताहरु राम्ररी बुझिसकेको हुँदा आउदो निर्वाचनमा जसपालाई चाहे अनुसारको प्रतिफल पाउने सम्झावना निकै कम रहेको तथा उनलाई यसपाली जनताहरुले ठूलो पाठ सिकाउने समेत बताउँछन् । मंंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनर्मा एक मात्र मधेश प्रदेशको दवदवा समेत गुमाउने खतरा उत्पन्न भएको तिनीहरुले आशंका व्यक्त गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन