राधेश्याम कुशवाहा / सर्लाही, २२असोज । सर्लाहीको क्षेत्र न.४ काे ख मा नेकपा माओवादी केन्द्र का फकिरा महतोले टिकट पाएको छ ।
सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रले पाएको सिटमा सर्लाही ४ को ख प्रदेश सभा सदस्यमा फकिरा महतोले टिकट पाएको माओवादी निकटका एक नेताले जानकारी दिए ।
आउदो मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य को निर्वाचनमा सर्लाही क्षेत्र न.-४ (ख) बाट माओवादी केन्द्रको तर्फबाट प्रदेश सभा सदस्य पदमा बामपन्थी आन्दाेलनका बाैद्धिक तथा ऊर्जावान नेता महतोले टिकट पाएको माओवादी केन्द्र निकट एक केन्द्रिय नेताले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका नेता शिवपुजन यादव, रामेश्वर यादव, कमल बुढाथोकी, भरत थापा, पहल्दाद बुढाथोकी लगायतका नेताको सहयोग र सदभावले उहाँलाई सर्लाही क्षेत्र नं ४ (ख) को उमेदवार बनाइएको बताइन्छ । उनि
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, प्रचण्ड पुत्री गंगा दाहाल निकष्ट मानिन्छ ।
नेकपा माओवादीका प्रदेश सदस्यका उम्मेदवार महतो प्रभावशाली, क्षमतावान, सादगी र निष्ठावान युवा नेता मानिन्छ । उहाँको क्षेत्रमा भएको क्रेज र जनताको चाहना अनुसार माओवादी केन्द्रले उहाँलाई टिकट दिएको माओवादी केन्द्रका एक नेताले बताए । उहाँ भारी मतको अन्तरले जित्ने उहाँको दाबी थियो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र न.४ को सट्टा सर्लाही क्षेत्र न. ४ मा उम्मेदवारी दिने चर्चा रहेको छ ।
प्रतिनिधि सभामा अमरेश सिंहको ठाउँमा गगन थापाले चुनाव लडने विभिन्न संचारमाध्यममा समाचार आएको छ, भने क्षेत्र न.४ (क) बाट विरेन्द्र सिंह ले उम्मेदवारी दिने यस अघि नै सुनिस्चित भइसकेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन