काठमाडौं । सधैभरी शक्तिकेन्द्रको नजिक रहेर चिनियाँ एजेन्टको रुपमा कार्यरत रहेका जसपा सुप्रिमो उपेन्द्र यादव काँग्रेस सत्तारुढ गठबन्धनबाट बाहिरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले धेरै राहत महसुस गरेका छन् ।
सत्तामा बसेर प्रधानमन्त्री देउवा संग जहिले पनि चिनियाँ स्वार्थको लागि बार्गेनिंग गर्दै आएका जसपा अध्यक्ष यदावको संदिग्ध गतिविधिका कारण चुनावी सीटको तालमेलमा जानी जानी बखेडा गर्दा जसपा चिनियाँ नजिक मानिएका नेकपा एमाले संग गठबन्धन गरेपछि पाँच दलिय गठबन्धलाई पाँचै दलको रुपमा रहन दिन लोसपालाई भित्र्याइएका हुन् ।
बालुवाटारमा बसेको बैठक छोडेर जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बालकोट पुगेपछि गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई भित्र्याएका छन्।
जसपा अध्यक्ष यादव शुक्रबार बालुवाटारमा बसिरहेको बैठक छोडेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए। जसपा बाहिरिएपछि गठबन्धनमा तालमेल जुटाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बैठकमा प्रवेश गरेको छ।
बालुवाटार स्रोतका अनुसार जसपाले गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गर्ने भएपछि सत्तारुढ गठबन्धनले लोसपालाई बैठकमा सहभागी गराएको हो।
मधेसका जनताको नाममा राजनीति गर्ने र अन्तिममा मधेसी जनतालाई नै धोका दिँदै आएका अवसरवादी नेता उपेन्द्र यादवले पनि अन्तिममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै शरण खोजेका छन्।
यसअघि पनि उनलाई एमालेसँग मिल्नका लागि चर्को दबाब परेको थियो। उक्त दबाबलाई थेग्न नसकेपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सिट बाँटफाँटको विषयलाई मुद्दा बनाएर ओलीको शरणमा जाने योजना अघि सारेका हुन्।
एमसीसी पारित गर्दा सहयोग गरेको भन्दै उपेन्द्र यादवसँग रुष्ट बनेको चीनले उनलाई तत्काल नेकपा एमालेसँग मिल्नका लागि दबाब दिएको स्रोतहरुले जनाएको थियो। मधेसमा चिनियाँ प्रभावलाई विस्तार गर्न नसकेको आरोप पनि यादवमाथि लाग्दै आएको थियो।
यी सबै आरोपहरुको सफाइ दिनका लागि उनले सत्ता गठबन्धनमा रहेको भागबण्डाको कुरालाई नै मुद्दा बनाएर ओलीसँग मिल्नसक्ने योजना अघि सारेका हुन्। तर, ओलीसँग मिल्नका लागि उनलाई त्यति सहज भने देखिँदैन।
नेकपा एमालेसँग तालमेल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि तयार नभएपछि जसपासँग एमालेले हात अघि बढाएको हो।
२५ सिटको अडानमा रहेको जसपालाई कांग्रेस र माओवादी भनेजति दिन तयार छैनन्। यस्तो अवस्थामा उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरिरहेका छन्।
यस्तोमा यदि मागेजति सिट आफूले नपाउने हो भने विकल्पमा जाने निष्कर्ष यसअघि नै जसपाले निकालिसकेको छ। जसपाले सत्ता गठबन्धनबाहेकका दलसँग पनि चुनावी तालमेलको ढोका खुला राखेको छ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन