कुन शक्तिको दबावमा उपेन्द्र यादव ओलीको शरणमा पुगे

393 Shares

रौतहट, २५ असोज । मधेशवादी नारामा मधेशी जनतालाई गुमराह बनाई सत्ता स्वार्थमा सधै लिप्त रहेका जसपा अन्तमा मधेशी जनताको विरुद्ध उभिएका नेकपा एमाले संग हात मिलाएर आफनो चरित्रलाई उदांगो पारेको छ । मधेसका जनताको नाममा राजनीति गर्ने र अन्तिममा मधेसी जनतालाई नै धोका दिँदै आएका अवसरवादी नेता उपेन्द्र यादवले पनि अन्तिममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै शरणमा पुगेर त्वम् शरणम गच्छामी गरेर मधेशी जनतालाई ठूलो धोखा उपेन्द्र यादवले दिएको हो ।
यसअघि पनि उनलाई एमालेसँग मिल्‍नका लागि चर्को दबाब परेको थियो । चिनियाँ दबाबलाई थेग्‍न नसकेपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सिट बाँटफाँटको विषयलाई मुद्दा बनाएर ओलीको शरणमा जाने योजना अघि सारेका हुन्।
एमसीसी पारित गर्दा सहयोग गरेको भन्दै उपेन्द्र यादवसँग रुष्ट बनेको चीनले उनलाई तत्काल नेकपा एमाले सँग मिल्‍नका लागि दबाब दिएको स्रोतहरुले जनाएको थियो । मधेसमा चिनियाँ प्रभावलाई विस्तार गर्न नसकेको आरोप पनि यादवमाथि लाग्दै आएको थियो ।
यी सबै आरोपहरुको सफाइ दिनका लागि उनले सत्ता गठबन्धनमा रहेको भागबण्डाको कुरालाई नै मुद्दा बनाएर ओली सँग मिल्‍नसक्ने योजना अघि सारेका हुन् । तर, ओलीसँग मिल्‍नका लागि उनलाई त्यति सहज भने देखिँदैन ।
नेकपा एमालेसँग तालमेल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि तयार नभएपछि जसपासँग एमालेले हात अघि बढाए । २५ सिटको अडानमा रहेको जसपालाई कांग्रेस र माओवादी भनेजति दिन तयार भएनन । यस्तो अवस्थामा उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेर शरणमा पुगे ।
यस्तो अवस्थामा यदि मागेजति सिट आफूले नपाउने हो भने विकल्पमा जाने निष्कर्ष यसअघि नै जसपाले निकालिसकेको छ। जसपाले सत्ता गठबन्धन बाहेकका दलसँग पनि चुनावी तालमेलको ढोका खुला राखेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।