रौतहट, २६ असोज । श्रोत नखुलेका करिव साढे ९ लाख नेपाली रुपैया सहित एक भारतीय नागरिकलाई रौतहट प्रहरीले गौरबाट पक्राउ गर्न सफल भएको छ ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको मोवाइल चेकजाँच टोलीले गौर नपा १ ट्रान्समिटर चोक स्थित विआर—३०—भि—०५३१ नम्वर मोटरसाइकललाई चेकजाँच गर्दा हैण्डिलमा कालो रंगको प्लास्टिकको झोलामा नेपाली नोट फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
प्रहरी प्रवक्ता एवं डिएसपी सुनिल मल्लले मोटरसाइकल चालक भारत विहार सितामढी जिल्लाको बैरगनियाका ३६ बर्षिय राजकुमार भगतलाई नियन्त्रणमा लिएको तथा उनले बोकेको मोटरसाइकलमा फेला परेको झोलामा ९ लाख ६४ हजार नेपाली रुपैया बरामद गरिएको जसको भगतले श्रोत खुलाउन नसकेपछि आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयलाई जिम्मा लगाएको बताए ।
प्रहरीले नगद, मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि मानिस बुझाएको गौर भन्सार कार्यालयले स्वीकार गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन