चन्द्रपुर, २७ असोज । मंसिर ४ गते हुने निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्वर ४ को क बाट स्वतन्त्र रुपमा प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दिएका युवा पत्रकार सन्तोष काफ्लेले चुनाव चिन्ह चिम छाप पाएका छन् ।
उनले क्षेत्रको समग्र विकासका लागि आफ्नो स्वतन्त्र उम्मेदवारी दिएको बताउदै अव आफु चिम छापमा मतदान गरेर आफूलाई प्रदेश सभामा पठाउन मतदाताहरुको घरदैलोमा जाने बताए ।
मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्वर ४ (क) बाट युवाहरुको ढुकढुकी, योग्य, सबल, कर्मठ उम्मेदवारको रुपमा युवा नेता सन्तोष काफ्लेले स्वतन्त्र रुपमा उम्मेवारी दिएर चुनावी मैदानमा होमिनु भएको छ ।
क्षेत्रबासीको हितलाई मध्यनजर राख्दै विकासको लहर ल्याउनमा युवालाई एक पटक मौका दिन अपिल गर्दै युवाहरुको साझा अभियानलाई शिरोधार्य राख्दै आम मतदाताहरुले आफूलाई सहयोग गरेर एक पटक क्षेत्रलाई माथि उकासी आत्मनिर्भर बनाउने अभियानमा साथ दिने अपेक्षाका साथ उम्मेदवारको रुपमा प्रस्तुत भएको हुँदा चुनाव चिन्ह चिम छापमा मोहर लगाएर प्रदेश सभामा पुगेर विकाशको जिम्मा दिने मौका दिन युवा नेता काफ्लेले आग्रह मतदाताहरु संग हार्दिक अनुरोध गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन