रौतहट, ३१ असोज । मंसिर ४ गते हुने आम निर्वाचन अन्तर्गत रौतहट निर्वाचन क्षेत्र नम्वर १ को क बाट एमालेबाट उम्मेदवार बनेका राजकिशोर यादवको लोकप्रियता देखेर जनलहर बढ्दै गएको छ ।
प्रदेश सदस्य पदका उम्मेदवार यादव विभिन्न समाजिक संघसंस्थाहरुमा रहेर यहाँका जनताहरुलाई धेरै पहिला देखि नै सेवा सुविधाहरु प्रदान गर्दै आइरहेका थिए, नेपाल क्षय रोग निवारण संघ, रेडक्रश सोसाइटीका अध्यक्ष, नेत्र ज्योति संघ, सिएमए क्याम्पस, एचए क्याम्पस लगायतका विभिन्न सामाजिक क्षेत्रमा यादवले लगानी गरेर जनताहरुलाई सेवा पुर्याउदै आएका हुन् ।
जनताहरुलाई सेवा पुर्याउदै आएको यादव यसपटक उम्मेदवारको रुपमा प्रस्तुत भएको हुँदा उनलाई प्रदेश सभा सदस्य पदमा जिताई क्षेत्रमा विकास निर्माण देखि लिएर, समुचित बाटोघाटो, स्वच्छ खानेपानी, गुणस्तरिय शिक्षा, आधुनिक स्वास्थ्य, वेरोजगार युवाहरुलाई क्षेत्रमै रोजगारीको व्यवस्थापन लगायतका विभिन्न कार्य गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।
रौतहट निर्वाचन क्षेत्र नम्वर १ अन्तर्गत क प्रदेश सभामा बसोबास गर्ने मतदाताहरु राजकिशोर यादवको चुनाव चिन्ह सुर्य छापमा स्वस्तीक लगाएर अत्याधिक मतबाट विजयी बनाउन उनले मतदाताहरुसंग हार्दिक रुपमा अपिल जारी गरेको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन