जयललिताको मृत्युमा उनको नजदिकी साथ शशिकला र चिकित्सक माथि आशंका

196 Shares

नयाँ दिल्ली । तमिलनाडु सरकारले पूर्व मुख्यमन्त्री जे जयललिताको मृत्युको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले जयललिताकी नजिककी साथी शशिकलाको भूमिकामाथि शंका गरेको छ । यससँगै उनका निजी चिकित्सकसहित एक वरिष्ठ अधिकारी पनि शंकाको घेरामा छन् । जयललिताको मृत्युको छानबिन गर्न सेवानिवृत्त न्यायाधीश ए.के. अरुमुघासामीको अध्यक्षतामा एक सदस्यीय समिति गठन गरिएको थियो । समितिले ५ सय पृष्ठको प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको छ । अनुसन्धान प्रतिवेदनमा जयललिता (अम्मा) र शशिकला (चिन्नम्मा) बीच राम्रो सम्बन्ध नभएको उल्लेख छ । प्रतिवेदनमा प्राकृतिक मृत्युको सट्टा अम्माको मृत्युलाई अपराधका रूपमा छानबिन गर्न भनिएको छ । समितिले उनको मृत्युको विस्तृत अनुसन्धान गर्न पनि सिफारिस गरेको छ ।

सन् २०१६ मा मृत्यु भएको थियो, कारण हृदयघात बताइयो

जयललिताको ५ डिसेम्बर २०१६ मा अपोलो अस्पताल, चेन्नईमा मृत्यु भयो । उनी करिब २ महिना अस्पतालमा भर्ना भएकी थिइन् । त्यतिबेला उनी मुख्यमन्त्री थिइन् । मेडिकल बुलेटिनमा मृत्युको कारण हृदयघात भएको उल्लेख गरियो । विशेष कुरा के छ भने शशिकला बिरामी परेपछि मृत्युसम्म जयललितासँगै थिइन् ।

अनुसन्धान प्रतिवेदनमा ४ मुख्य पात्र

१. वीके शशिकला – जयललिताकी निकट सहयोगी थिइन् । उनकै निवासमा बस्थिन् । बिरामी परेदेखि मृत्युसम्म सधैं सँगै थिइन्  ।

२. डा. केएस शिवकुमार – मुख्यमन्त्री जयललिताका निजी चिकित्सकले जयललिता बिरामी परेपछि प्रारम्भिक उपचार गरे ।

३. राधाकृष्णन – तमिलनाडुका स्वास्थ्य सचिव थिए, जसले जयललिताको स्वास्थ्यको निगरानी गर्थे ।

४. सी विजयभास्कर – तत्कालीन स्वास्थ्य मन्त्री र जयललिताका निकटतम थिए । बुलेटिन जारी गर्नेदेखि स्वास्थ्य अपडेट दिनेसम्म ।

पन्निरसेल्वमले प्रश्न उठाउँदा पल्लानी स्वामीले अनुसन्धान गर्न लगाए

पन्निरसेल्वमको नेतृत्वमा जयललिताको पार्टी एआईएडीएमकेका धेरै नेताहरूले उनको मृत्युलाई लिएर प्रश्न उठाएका थिए । उनकी सहयोगी शशिकला र उनको परिवारका सदस्यहरूले यस विषयमा धेरै कुरा लुकाएको नेताहरूले बताएका छन् । यसपछि पल्लनीस्वामी सरकारले छानबिन सुरु गर्‍यो ।

सन् १९९१ मा चिन्नम्मा, जयललिताको नजिक आइन्

सन् १९९१ मा जयललिता पहिलो पटक मुख्यमन्त्री बनेपछि शशिकला उनको नजिक आइन् । पहिले शशिकला भिडियोग्राफीको काम गर्थिन् । दुवैको जोडी तमिल राजनीतिमा यति चर्चित भयो कि मानिसहरूले जयललितालाई अम्मा र शशिकलालाई चिन्नमा भन्न थाले ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।