एमाले नेता भीम रावलले चुनावको मुखमै अध्यक्ष केपी ओलीमाथि संगीन आरोप लगाएपछि देशभर तरंग सिर्जना भएको छ ।
विपक्षी पार्टीको भन्दा पनि आक्रामक ढंगले रावलले ओलीलाई भित्तामै पुग्ने गरी लगाएको आरोपले जनमत भाँडिने देखिएको छ । रावल झन्डै पाँच दशक एमाले राजनीतिमा बिताएका नेता हुन् । उनको पार्टीमा पकड बलियो छ ।
उनले गत मंसिरमा सम्पन्न एमालेको महाधिवेशनमा केपी ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएका थिए । आफूविरुद्ध उम्मेदवारी दिएको रिसमा ओलीले रावलको राजनीति नै सिध्याइदिने अभियानमा लागेका छन् ।
सोही कारण अछाम १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका रावललाई टिकट नदिई ओलीले माओवादीबाट आएका झपट बोहरालाई टिकट दिए ।
रावलको असन्तुष्टिका कारण अछाम १ मा एमाले उम्मेदवार बोहरालाई चुनाव जित्न निकै कठिन देखिएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत रावलले एमाले उम्मेदवार बोहराविरुद्ध अछामवासीको आक्रोश र विरोधप्रति धन्यवाद दिएका छन् ।
उनले आफूले एमाले उम्मेदवारलाई भोट नमाग्ने खुलेयाम घोषणा गरेपछि बालकोटमा भुइँचालो नै गएको छ । स्वेच्छाचारी, अन्यायपूर्ण र गलत भएको भन्दै उनले ओलीको निर्णयले जनता र पार्टी संगठनको घोर अपमान भएको पनि टिप्पणी गरेका छन् ।
अछाम १ मा रावलको नाम तलबाटै सर्वसम्मत केन्द्रमा पठाइए पनि ओलीले भने सुदूरपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री बोहरालाई टिकट दिने निर्णय लिएका थिए ।
आफूलाई टिकट नदिइएपछि अछामका नेता–कार्यकर्ता स्वेच्छाचारी निर्णयविरुद्ध उत्रिएकोमा रावलले धन्यवाद दिएका छन् । उनले नेपालको संविधानको धारा २६९ विपरीत निश्चित दर्शन, सिद्धान्त र विचारबाहिर गएर पार्टीले गठबन्धन बनाएको भन्दै विरोध गरेका छन् ।
मधेस प्रदेशमा प्रभु साहको असन्तुष्टि र सुदूरपश्चिममा भीम रावलको आक्रोशले एमालेले कम्तीमा १० सिट गुमाउने आकलन गरिएको छ ।
साहको विद्रोहले मधेस प्रदेशका सप्तरी र सिरहाबाहेक सबै जिल्लामा असर पुग्ने देखिएको छ । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा प्रभु साहको बलियो पकड छ । साहले खुलेयाम विद्रोह गर्दा पनि ओली निरीह बनेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन