केपी ओलीको शरणमा पुगेका उपेन्द्र यादव मुस्किलमा

200 Shares

काठमाडौं । सत्तारुढ गठबन्धन संग क्षणीक स्वार्थमा लागेर गठबन्धन तोडेर एमालेको शरणमा पुगेपछि जसपा अध्यक्ष उपेन्द्र यादवलाई अहिले निकै टाउको दुखाई बनेको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँगको सत्तागठबन्धनसँगको सहयात्रा तोड्दा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई निकै महङ्गो सावित हुने भएको छ । 

अब जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी २ बाट चुनाव जित्न निकै कठिन पर्ने भएको छ । स्थानीय तहमा पार्टीहरुले ल्याएको मत परिणाम हेर्दा यादवलाई कठिन देखिएको हो । गत वर्ष सम्पन्न स्थानीय तहमा वडा अध्यक्षले ल्याएको मत परिणाम  हेर्दा यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार भन्दा धेरै पछि छन् । 

सप्तरी २ मा जसपाको भोट १४ हजार ४ सय ३ मात्र हो । त्यस क्षेत्रमा नेपाली कांग्रेस, माओवादी र लोसपाले ल्याएको भोट जोड्दा १२ हजार भन्दा धेरै भोटले जसपा भन्दा अगाडि छ । गत स्थानीय तहमा सप्तरी २ मा नेपाली कांग्रेसले  १० हजार ८ सय ४, लोसपाले १० हजार ४ सय ३५ तथा  माओवादीले ९ हजार ५ सय ३४ भोट ल्याएका छन् । 

सप्तरी २ मा  एमालेको भोट ५ हजार ९ सय ५१ मात्र छ ।  यसैगरी त्यस क्षेत्रमा जनमत पार्टीले ४ हजार ५ सय ४२ भोट ल्याएको छ । त्यस क्षेत्रमा नेकपा (एस) को २ हजार ४ सय ८ भोट छ ।  त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको १ हजार ४८ भोट छ । 

सप्तरी २ मा उपेन्द्रलाई एमालेले साथ दिएको छ भने लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरलाई नेपाली कांग्रेस, माओवादी केन्द्र तथा नेकपा (एस) ले  साथ दिएका छन् । 

जसपा र एमालेको मत जोड्दा करिब २० हजार भोट हुन्छ । तर लोसपा, नेपाली कांग्रेस, माओवादी केन्द्र र एसको भोट जोड्दा ३२ हजार भन्दा बढी हुन्छ । यस हिसाबबाट हेर्दा यादवलाई चुनाव जित्न निकै कठिन छ ।  त्यहाँ लोसपाका उम्मेदवार ठाकुर धेरै अगाडि छन् । 

सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि उम्मेदवारी दिएका छन् । सप्तरी २ बाट जनमत पार्टी दुई वटा स्थानीय तहमा विजयी भएको छ । यस आधारमा सप्तरी २ राउत पनि लोकप्रिय उम्मेदवार हुन् । 

गत स्थानीय तहमा जनमत पार्टीले  वडाध्यक्षले ल्याएको मत परिणामको आधारमा सप्तरी २ मा राउतको भोट करिब ५ हजार छ । त्यस क्षेत्रमा राप्रपाबाट कैला मंसुरी (मिया) र राप्रपाबाट हजरत अलीले उम्मेदवारी दिएका छन् । 

सप्तरी २ को यो अंकगणित अध्यक्ष यादवले राम्रोसँग बुझेका छन् । उनलाई चुनाव जित्न माओवादी केन्द्र र एसको साथ चाहिन्छ । माओवादी केन्द्र र एसको साथ खोज्न अध्यक्ष यादवले एउटा चलाखी खेलेका छन् । 

मधेस प्रदेश सरकारबाट उनले कांग्रेसका मन्त्रीहरुलाई मात्र हटाएका छन् भने माओवादी र एसका मन्त्रीहरूलाई मधेस प्रदेश सरकारमा निरन्तरता दिएका छन् ।  

केन्द्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका मन्त्रीहरूलाई सरकारबाट हटाएको भोलिपल्टै मधेस प्रदेश सरकारका  मुख्यमन्त्री लालबाबु राउतले सरकारबाट कांग्रेसका मन्त्रीहरुलाई निकालेका थिए । 

अध्यक्ष यादवको निर्देशनमा मधेस सरकारका मुख्यमन्त्री राउतले यस्तो हर्कत गरेका थिए ।   

तर सप्तरी २ मा यादवले सोचे जस्तो माओवादी र एसले उनलाई साथ दिने अवस्था छैन । 

माओवादी र लोसपाका स्थानीय नेताहरूले केन्द्रमा गरिएको सहमति सप्तरी २ मा हुबहु लागु गर्ने प्रतिबद्धता गरेका छन् । यसमा अलिकति पनि तलमाथि हुन नदिने उनीहरुको भनाइ छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।