नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेपालबाट बिदा भएकी छन् । कम्युनिस्ट एकतापछि नेपालमा नांगो हस्तक्षेपमा उत्रेकी यान्छी समयक्रममा चरम असफलतासँगै उतारचढावपूर्ण चार वर्ष कटाएर गएकी छन् । उनको कार्यकालमा चीनले मिचेको नेपाली भूमिमा चिनियाँ दाबीदेखि देशको प्रधानमन्त्रीलाई कुर्सी छोड्ने निर्देशनसम्मको गतिविधि दूतावासबाट भएका छन् ।
माओको तस्बिरमा मास्क छापेको भन्दै नेपाली सम्पादकलाई धम्क्याउने काम पनि यान्छीकै पालामा भयो । तर उनको चरम हस्तक्षेपको सीमा धेरै टिकेन । कम्युनिस्टहरु फेरि फुटेर लोकतान्त्रिक सरकार आएसँगै उनको चुरीफुरी अन्त्य भयो । प्रधानमन्त्रीभन्दा माथि आफूलाई सम्झेर निर्देशन दिने उनको उर्लिएको हैसियत स्वात्तै घटेर राजदूतकै हैसियतमा आइपुग्यो । कम्युनिस्टहरुले चीनलाई बोकेकोमा शेरबहादुर देउवा सरकारले दुबै छिमेकीलाई समान हैसियतमा अगाडि बढाएपछि यान्छीको सबै प्रयास असफल भयो ।
चौतर्फी असफलताका बीच यान्छी बीचमै नेपाल छाडेर बेइजिङ बस्न थालिन् । केही महिना बेइजिङ बसेकी उनी नेपाल फर्केर औपचारिक रुपमा बिदा भएकी हुन् । यान्छीले विकास अनुदान परियोजना एमसीसी रोक्न नेपालका चर्को राष्ट्रवादी नेता परिचालन गरेकी थिइन् । एमसीसीबारे भ्रम फैलाएर रोक्न खोजे पनि त्यो नसकेपछि यान्छीले तनावले नेपालै छाडेर बेइजिङ गएर बस्नुपरेको थियो ।
नेपालमा आफ्नोमात्रै हैकम चलाउने, विकासे अनुदान आउन नदिने, बीआरआईमार्फत ऋण थोपरेर श्रीलंकाजस्तै हालतमा नेपाललाई पुर्याउने चिनियाँ प्रयास पनि यान्छीको पालामा भए । तर यी सबै प्रयासमा असफलताको भारी बोकेर यान्छी नेपालबाट बिदा भएकी छन् । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि राजदूत भएर आएकी थिइन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन