रौतहट, ११ कार्तिक । लोक आस्थाको महापर्व छठ पुजा आज देखि विधिवत रुपमा सुरु भएको छ ।
मिथिला, भोजपुरा, बज्जिका भाषा भाषी सहित देशको विभिन्न स्थानमा निमयनिष्ठा को साथ वृहत रुपमा मनाइने लोक आस्थाको महापर्व शुक्रवार देखि विधिवत रुपमा सुरु भएको हो ।
कार्तिक शुल्क चौथी तिथि देखि प्रारम्भ हुने लाकआस्थाको पर्व ब्रतालुहरु आज चोखो खाना खाएर (नाहय खाय) गरेर प्रारम्भ हुने गर्दछ । सूर्य उपासनाको महापर्व छठको तयारीमा धेरै मानिस जुटेका छन ।
कात्तिक महिनाको सुरुआत संगै बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासु सहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व सुरु गर्ने चलन छ । यसपालि तिथिको घटबढले आज तृतीया र चौथी तिथि दुवैको भोग पर्नाले मिथिलाको लोकपर्व छठ आज सुरु भएको हो । निरामिष (सात्विक) भोजन सुरु गरेर व्रत विधि सुरु हुने परम्परा छ ।
छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) मइया देवीको महिमा गाइएका गीतहरु तराई मधेशका जिल्लाहरुमा गुञ्जीरहेका छन् । छठ प्रारम्भसँगै धार्मिक महत्वका तलाउ र नदीका परिसर बेहुलीझैँ सिङ्गारिएका छन् ।
पर्व सुरु भएको मानिने आज कार्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखो खानेछन् । यो विधिलाई ब्रतालुहरुको भाषामा ‘नहाय–खाय’ भन्ने गरिएको हो । केही दिन देखि पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै केन्द्रित देखिँदा छन् ।
श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा, प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउ (घ्यू) मा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ ।
पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् ।
‘नहाय–खाय’ विधि गर्ने बर्तालुले भोलि कार्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठी देवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।
षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख घाट बनाइएको जलाशयमा पुगी पानीमा नुहाएर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझिया अरक’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘साझका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर देखाइएपछि छठपर्व सम्पन्न हुने परम्परा छ ।
‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडी सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका अन्य साधन व्यवस्था गरिन्छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन