महोत्तरी, १२ कार्तिक । दुई दिन अघि महोत्तरीको भङ्गाहा नगरपालिका–८ मा छठको कलश यात्राको क्रममा केही उपद्रवीहरुद्धारा घटाइएको घटनालाई लिएर छानविन गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ ।
भङ्गाहा नगरपालिका–८ मा छठको अवसरमा आयोजित कलस यात्राको क्रममा भएको विवादमा असामान्य स्थिति सिर्जना भइ घटेको घटनाको सन्दर्भमा छानविन गर्न मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।
गृह मन्त्री स्तरीय निर्णयबाट गठित समितिका सदस्यमा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृहमन्त्रालयका उपसचिव विश्वराज मरासेनी समितिमा रहेको मन्त्रालयद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
छानविन समितिलाई सात दिन भित्रमा प्रतिवेदन पेश गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । कात्तिक १० गते भएको घटनाको छानविनका लागि गृह मन्त्रालयले समिति गठन गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन