रौतहट, १२ कार्तिक । नेकपा माओवादी, नेकपा, नेकपा एमाले हुदै रौतहट ३ बाट स्वतन्त्र उम्मेदवार बनेका प्रभु साह यतीबेला चौतफी घेराबन्दीमा परेका छन् ।
साह बिरुद्ध पाँच दलिय गठबन्धनका नेता कार्यकर्ताहरु खुलेर लागेपछि यतीबेला उनी चौतर्फी घेराबन्दीमा परेका हुन ।
सत्ता गठबन्धनले रौतहट ३ मा प्रभु साहलाई आफ्नो आधिकारीक उम्मेदवार घोषणा गरेको भए ता पनि सत्ता गठबन्धनकै सबै जसो नेता एवं कार्यकर्ताहरु नेपाली काँग्रेसका बागी स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवालको पक्षमा लागेका छन् ।
साहको बिरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएका ओम प्रकाश जयसवालको पक्षमा एकै मञ्चबाट नेपाली काँग्रेसका जिल्ला सभापति सुनिल यादव, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल यादव, माओवादीका नेता नसरुद्धिन अन्सारी सहितका जिम्मेवार नेताहरु एकै मञ्बाट विरोधका नाराहरु घन्काइरहदा साह अहिले चौतर्फी घराबन्दीमा परेको बताइएको छ ।

कार्तिक १० पाँच दलिय गठबन्धनको बैठकबाट स्वतन्त्र उम्मेदवार प्रभु साहको पक्षमा लाग्न गरेको निर्णयलाई नेकपा एकीकृत समाजवादीले कुनैपनि हालतमा नमान्ने सो पार्टीका नेता बाबुराम दाहालले बताए ।
रौतहटको क्षेत्रनं ३ मा साहका बिरुद्ध सबै दल एक भएर लाग्ने अनुमान गरिएको छ । पाँच दलिय गठबन्धनबाट टिकट पाएका माओवादीका धिरज पटेललाई पार्टीले प्रभु साहलाई सहयोग गर्न भनेको भएपनि उनले आफ्नो उम्मेदवारी कायम रहने बताउदै आएका छन् ।
म कुनेपनि हालमा प्रभु साहलाई समर्थन गर्दिन ,मेरो उम्मेदवारी कायम छ, पटेलले भने । मेरो हत्या गरेपछि मात्रै उम्मेदवारी निष्कृय हुने अन्यथा कुनै पनि परिथितिमा निष्कृय हुने सबाल नै उठ्दैनन ।
रौतहट ३ मा साह चापाकल चुनाव चिन्ह्बाट चुनावी मैदानमा रहेका छन् । उनलाई नेकाबाट बागी बनेका उम्मेदवार जयसवाल माछा छाप चुनाव चिन्ह् लिएर स्वतन्त्र उम्मेदवारी दिएको र अहिले साहलाई कडा चुनौती दिने अनुमान गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन