मृतक पवन महराको परिवारलाई भारतीय कम्पनीले क्षतिपुर्ती वापत उपलब्ध गराएर १६ लाख रुपैया

285 Shares

धनगढी । दार्चुलामा सडक निर्माणको क्रममा उछिट्टिएको ढुङ्गा लागेर ज्यान गुमाएका पवन महराको परिवारलाई भारतीय निर्माण कम्पनीले क्षतिपुर्ती वापत १६ लाख रुपैयाँ दिएपछि अवस्थामा सामान्य भएको छ ।
सीमापारी धार्चुलाको एसडीएम कार्यालयमा नेपाली प्रतिनिधि समेतको उपस्थितिमा आइतवार भएको छलफलमा भएको सहमति अनुसार तावाघाट–लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले पीडित परिवारलाई क्षतिपूर्तिबापत १० लाख भारतीय रुपैयाँ अर्थात् नेपाली १६ लाख रुपैयाँ उपलब्ध गराएपछि स्थिती समान्य अवस्थामा फर्केको दार्चुलाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले जानकारी दिए । घटनामा भारतीय कम्पनीले क्षतिपूर्ति दिएपछि मृतकका आफन्तले जिल्ला अस्पताल दार्चुलाबाट बालकको शव बुझेर धार्मिक परमपरा अनुसार आईतवार शदगत् गरेको उनले बताए ।
गर्ग कम्पनीले सडक निर्माणका क्रममा जिलेटिन विस्फोट गर्दा खसेको ढुङ्गा लागेर बालकको ज्यान गएको थियो । बालककी दिदी १४ वर्षकी सरिना महरा समान्य घाइते भएकी छिन् । उनको खुट्टा तिघ्रामा समान्य चोट लागेको थियो । समान्य उपचारपछि शुक्रवार नै सरिना डिस्चार्ज भइ घर फर्केकी छिन । यसैबीच आउँदा दिनमा जिलेटिन विस्फोट गराउँदा दुवै पक्षलाइ पूर्वजानकारी दिनुपर्ने सहमति पनि भएको छ ।
धारचुला–लिपुलेक–कैलाश मानसरोवर सडक खण्ड अन्तर्गत नज्याङ–लखनपुर भीरमा भारतीय पक्षले बम विस्फोट गराउँदा बतासिएर वारि तम्बाकुमा आइपुगेको ढुंगा लागेर शुक्रबार बिहान महराको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरू बुबा हिक्मत सिंह सँगै व्यासकै थी गाउँबाट महाकालीको किनारै किनार भएर व्यास गाउँपालिका–२, दुम्लिङ आफनो स्थित घर फर्कंदै गरेका थिए ।
सडक चौडा गर्ने तथा पीच गर्ने काम गरिरहेको सडक निर्माण कम्पनीले विस्फोट गराउनु अघि सचेत गराउनका लागि सिटि बजाउने गरेको छ । दार्चुलाका प्रहरी प्रमुख पाण्डेले सडक निर्माण कम्पनीले सिटि बजाएको हो, तर पहाडको पारीपट्टी नसुनिएको हुनसक्छ, जसले बगरैबगर घर फर्किदै गरेका महरालाइ उछिट्टिएको ढुङ्गा लागेको थियो, उनले यसरी भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।