सर्लाही, १५ कार्तिक । सर्लाहीको हरिपूर्वा नगरपालिका ९ स्थित वडा कार्यालयमा सोमवार राति अज्ञात समुहले आगजनी गरेर कागजातहरु नष्ट गरेका छन् ।
हरिपूर्वा नगरपालिका ९ बसन्तपुर स्थित वडा कार्यालयमा अज्ञात व्यक्तिहरुको समुहले कार्यालयमा आगजनी गर्दा कार्यालयमा रहेका सम्पूर्ण कागजातहरु जलेर नष्ट भएका हुन् ।
अपरिचित व्यक्तिहरु कार्यालयको झ्यालबाट कोठामा प्रवेश गरेर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । कार्यालय श्रोतका अनुसार आगजनीबाट वडासँग रहेका सम्पूर्ण पुराना कागजात जलेर खरानी भएको हो ।
वडा कार्यालयसँग भएका सम्पूर्ण कागजात जलेपछि अनलाईनमा इन्ट्री नभएका पुराना ‘रेकर्ड’ सबै नष्ट भएको भन्दै वडाध्यक्ष सुरेन्द्र महतोले बताए । आगजनीमा संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन् ।
मध्यरातमा अचानक वडा कार्यालयबाट धुँवाको मुस्लो निस्किएपछि छेउछाउका स्थानीय भएर आगो निभाएका थिए । आगजनी भएको वडा कार्यालयमा मंगलबार दिउँसो हरिपूर्वाका मेयर विनोद साह तेली, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने र बयलवासका प्रहरी निरीक्षक रोशन थापाले स्थलगत निरीक्षण गरेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन