रौतहट, १६ कार्तिक । मंसिर ४ मा हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई हराउनका लागि सत्ता गठबन्धनका नेकपा माओवादीका नेताहरु खुलेर लागि परेका छन् । खास गरेर विगतका दिनमा नेकपा हुँदा खेरी ओलीको निकट रहेका नेताहरु एमालेका विरुद्ध खुलेर लागि परेका हुन् ।
आगामी प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले निकै ठूलो पराजय व्यहोर्ने भएको छ। नेकपा एमालेले तत्कालीन समयमा नेकपा एकताको निरन्तरताको रुपमा नेकपा माओवादीका नेताहरु केपी शर्मा ओलीसँग रहेका थिए।
नेकपा एमालेका अध्यक्ष ओलीले उनीहरुलाई समान अवसर र पहुँच उपलब्ध गराउने बताए पनि अवसरको वितरण गर्ने समयमा ओलीले पूर्व माओवादी नेताहरुलाई पाखा लगाएका छन्। जसको कारण यसपटकको निर्वाचनमा एमाले उम्मेदवारहरुलाई ठूलो नोक्सानी व्यहोर्नुपर्ने छ।
यसअघि पार्टीको आन्तरिक निर्वाचनमा पनि माओवादीका नेताहरुलाई एमालेका नेताहरुले पराजित गरेका थिए। जसका कारण पार्टी कमिटीमा पनि पूर्व माओवादीहरुको बाहुल्यता कमजोर हुँदै गएको छ।
निर्वाचनमा पनि नेकपा एमालेका नयाँ नेतृत्व चयनका लागि सुदूरपश्चिममा चुनाव भएका जिल्लामा पदाधिकारीका उम्मेदवार बनेका पूर्वमाओवादी नेताहरु पराजित भएका छन्। कैलाली, कञ्चनपुर र अछाममा पदाधिकारीमा पूर्वमाओवादी नेताहरु ‘क्लीन स्वीप’ भए। सहमतिका आधारमा कमिटी चयन भएका यहाँका अन्य जिल्लामा पनि पूर्वमाओवादीको प्रतिनिधित्व न्यून छ।
अहिले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि सुदूरपश्चिममा लेखराज भट्टबाहेक कुनै पनि नेताले कुनै पनि तहमा उम्मेदवार बन्ने मौका पाएनन्। जसका कारण सुदूरपश्चिममा एमाले र माओवादीबीच नै द्वन्द्वको स्थिति पैदा भएका छ।
जसका कारण सुदूरपश्चिममा एमालेले पूर्वमाओवादी नेतालाई पराजित गर्ने भएका छन् भने अन्य क्षेत्रमा एमालेका उम्मेदवारलाई पूर्वमाओवादी नेताहरुले एमाले उम्मेदवारलाई पराजित गर्ने भएका छन्।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन