पर्सा, १६ कार्तिक । नेकपा एमाले संज जनता समाजवादी पार्टी (जसपा) ले चुनावी तालमेल गरेपछि मधेश प्रदेशको पर्सा जिल्लामा ५४२ जनाले नेकपा एमाले परित्याग गरिसकेको छ ।
नेकपा एमालेका केन्द्रीय सल्लाहाकार परिषदका सदस्य कदम रसुल, ३ जना मधेस प्रदेश समिति सदस्य, संविधान सभा सदस्य फुलझरी देवी, इस्लाम हवारी लगायतले पार्टी परित्याग गरिसकेको हो ।
उनीहरुले केही दिन अघि प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एमालेको विभिन्न पद र जिम्मेवारीबाट सामुहिक रुपमा पार्टी परित्याग गरेको बताएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) सँग भएको गठबन्धन अपवित्र रहेको भन्दै उनीहरुले पार्टीको निर्णय प्रति असन्तुष्टी जनाउँदै आएका थिए । यस अघि मधेशको उदयमान नेता प्रभु साहले एमालेलाई छाडी स्वतन्त्र रुपमा रौतहट ३ बाट उम्मेदवारी दिए संगै मधेश प्रदेशमा एमाले निकै कमजोर भएको राजनीतिक विश्लेशकहरुले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन