रौतहट, १६ कार्तिक । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले देशव्यापी संयुक्त भेलाहरु गरिरहेका छन्।
सत्ता गठबन्धनको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले संयुक्त भेलालाई सम्बोधन गरिरहेका हुन्।
देशभरका सातै प्रदेशमा भएका सत्ता गठबन्धनका संयुक्त भेलामा गठबन्धनका उम्मेदवारहरु र पार्टीका जिल्ला तहका नेताहरुलाई बोलाइएको थियो। उक्त भेलामा शीर्ष नेताहरुले देशको समृद्धि, संविधान र संसद् जोगाएर प्रणालीलाई सुदृढ बनाउनका लागि एमाले पराजित गर्न लाग्न सम्पूर्ण प्रदेश र जिल्ला तहका नेताहरुलाई संयुक्तरुपमा निर्देशन गरिएको छ।
उक्त निर्देशन अनुसार देशभरका सत्ता गठबन्धनका नेताहरु गठबन्धनका उम्मेदवारहरु जिताउन लागिरहेका छन् । गठबन्धनका उम्मेदवारहरुको संयुक्त अभियानले गर्दा एमाले उम्मेदवारहरुलाई ठूलो धक्का लागेको छ ।
एमाले उम्मेदवारहरु एकातर्फ पार्टीको आन्तरिक द्वन्द्वमा फसेका छन् भने अर्कोतर्फ गठन्धनका नेताहरुको संयुक्त अभियान र एमालेको नेतृत्वले विगत पाँच वर्षमा गरेका अक्षम्य गल्तीहरुका कारण एमाले उम्मेदवारलाई मत माग्न असहज भएको छ।
विगत पाँच वर्षमा जनताले दिएको म्यान्डेट विभाजन गरी तीन पार्टी बनेको, संसद्लाई असंवैधानिकरुपमा दुर्घटनामा पारेको र पार्टीको आन्तरिक संगठनलाई बाइपास गर्दै एक व्यक्तिको बोलीको आधारमा चलाएका कारण पनि एमाले उम्मेदवारलाई जनतालाई भन्ने कुराहरु नभएपछि एमाले उम्मेदवारलाई तनाव भएको हो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन