काबुल । तालिवानद्धारा अफगानिस्तानमा चार आइएसका लडाकुलाई मारेको छ ।
अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले मुलुकको टखार प्रान्तमा दुई कमाण्डरसहित चार जना आईएस लडाकु मारिएको दाबी गरेको छ ।
तालिबानद्वारा सञ्चालित बख्तर समाचार संस्थाका अनुसार तालिबानको गरेको कारवाहीमा परी टखार प्रान्तको दस्ती काला जिल्लामा आईएस लडाकु मारिएका हुन् ।
तालिबानको २१७ ओमरी आर्मी कोरका कमाण्डर करी अनिमुल्लाह तायबले बख्तरलाई बताएअनुसार सुरक्षाकर्मीले आईएसका लडाकु लुकेर बसेको स्थान पत्ता लगाएका थिए ।
पछि सो स्थानमा विषेश कारवाही गरिएको बताइएको छ । कारवाहीका क्रममा आईएसका दुई जना कमाण्डरसहित चार जना आईएस लडाकु मारिएको करी अनिमुल्लाहलाई उद्धृत गर्दै बख्तरले जनाएको छ ।
यद्यपि आईएस लडाकु मारिएकोबारे तालिबानी दाबीको स्वतन्त्र पुष्टि भने हुन बाँकी रहेको अफगानिस्तानको खामाप्रेसले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन