रौतहट, २३ कार्तिक । मंसिर ४ गते निर्वाचनको लागि उम्मेदवारी दिएका उम्मेदवारहरु आचार संहिता विपरित सार्वजनिक स्थानमा दलगत चिन्ह भएका झण्डा व्यानर र पोष्टरहरुलाई प्रहरीले हटाउने कार्य सुरु गरेको छ ।
जिल्ला निर्वाचन आचार संहिता अनुगमन समितिको निर्देशन अनुसार जिल्लाभरीमै सार्वजनिक स्थान, सडकका पोलहरु तथा विभिन्न समाजिक कार्यालयको भित्तामा राखिएका दलका झण्डा, दल एवं उम्मेदवारको चिन्ह अंकित व्यानर र पोष्टहरुलाई जिल्ला प्रहरी कार्यालयले कडाईका साथ पालना गर्दै हटाउने कार्य सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी विरबहादुर बुढा मगरको निर्देशनलाई जिल्लाभरीमा रहेका प्रहरी कार्यालयहरुले आ आफना मातहतका सार्वजनिक स्थानहरुमा टाँसिएका एवं झुण्डयाइएका तुल ब्यानरहरु हटाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।
जिल्ला निर्वाचन आचार संहिता अनुगमन समितिको अनुगमन निरीक्षण पछि आचार संहिताको पालना गर्न गराउनका निमित्त त्यसता कदम उठाउदै प्रहरीले गम्भीरताका साथ हटाउने कार्यलाई पुरा गरेको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी सुनिल मल्लले शान्तिपूर्ण एवं धाधलीरहित निर्वाचन सम्पन्न गराउन रौतहट प्रहरी सक्षम रहेको तथा आचार संहितको पूर्ण रुपमा पालना गराउन प्रहरीले आफनो कत्तव्र्यको निष्ठा पूर्वक निर्वाह गरिरहेको उनले तराई टप संग भने ।
निर्वाचनमा भाग लिएका सवै दलका एवं स्वतन्त्र उम्मेदवारहरुलाई आचार संहिताको पालना गर्नुपर्ने अन्यथा प्रमाण सहित अनुगमन समितिलाई प्राप्त भएको तथ्यको आधारमा कारवाही गर्न बाध्य हुने भएको हुँदा अनिवार्य रुपमा निर्वाचन आचार संहिताको पालना गर्नु गराउनु दल एवं राजनीतिक दलका कार्यकर्ताहरुको दायित्व भएको हुँदा गम्भीर हुनुपर्ने आवश्यक्ता प्रवक्ता मल्लाले महसुस गरे ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन