प्रदीप यादवलाई हराउन जसपा एमाले गठबन्धन नै सक्रिय

216 Shares

पर्सा । तत्कालिन वन मन्त्री तथा जसपाका नेता प्रदीप यादवलाई हराउन नेकपा एमाले भित्र चरम गुटबन्दी सुरु भएको बताइएको छ ।
पूर्व वन मन्त्री प्रदीप यादव उम्मेदवार रहेको पर्सा १ मा नेकपा एमालेको असन्तुष्टि निकै चरम विन्दुमा पुगेको हो । नेकपा एमाले र जसपा चुनावी तालमेल भएपछि पर्सा जिल्लामा रहेका एमालेका नेता तथा कार्यकर्ताहरु सम्प्रदायीक पार्टीबाट गठजोड गरेको कारण सयौंले पार्टी परित्याग गरेको अवस्था छ अर्को तर्फ एमालेमा रहेका कतिपय नेताहरु पनि जसपाका उम्मेदवारलाई साथ नदिने मनस्थितिमा पुगेको बताइएको छ ।
नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य कदम रसुल, ३ जना मधेस प्रदेश समिति सदस्य, संविधान सभा सदस्य फुलझरी देवी, इस्लाम हवारी लगायतले त्यहाँका प्रभावशाली नेताहरूले पार्टी परित्याग गरेपछि नेकपा एमालेलाई ठूलो क्षति भयो नै यससँगै जसपाका उम्मेदवार प्रदीप यादवलाई समेत ठूलो धक्का लागेको छ।
नेकपा एमालेको कट्टर आलोचक र मधेसमा जसपा सँग लडेर सङ्गठन बनाउने आफूहरूले त्यही जसपाका उम्मेदवारलाई नै मतदान गर्न नसकिने भन्दै नेकपा एमालेले प्रभावशाली नेताहरूले विद्रोह गरेका हुन्। नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य तथा पर्सा क्षेत्र नं १ का इन्चार्ज बाबुराम कौशिकका अनुसार पार्टीको निर्णयप्रति असन्तुष्ट नेता कार्यकर्ताहरूले जसपाका उम्मेदवार हराउन भूमिका खेल्ने बताइसकेका छन्।
एमाले नेतृत्व जनउत्तरदायी हुनुको साटो जनभावना र पार्टीको मर्म विपरीत गएका कारण एमालेले समर्थन गरेका जसपा उम्मेदवारहरूलाई हराएर मात्रै आफूहरूको उद्देश्य पूरा हुने उनीहरूले बताएका छन्। ‘एउटा राष्ट्रियताको नारा लगाउने, अर्को मधेसको मसिहा बन्ने, जसपा र एमालेको गठबन्धन अपवित्र छ। तेल र पानीको सम्मिश्रण जस्तै हो’ उनीहरूले भने, ‘जसका कारण जनता, नेता, कार्यकर्ता मारमा परेका छन् । जन चाहना अनुसार स्वतन्त्र उम्मेदवार जिताऊ अभियानमा लागेका छौँ।’
उनीहरूले स्वतन्त्र उठेका अजय दुवेदीलाई समर्थन गर्ने पनि जनाएका छन्। यसरी पर्सामा एमालेले जसपाका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेपछि प्रदीपको पराजय करिब निश्चित नै बनेको छ।
२०७४ को स्थानीय निर्वाचनमा जसपा पहिलो दल बनेको भए पनि प्रतिनिधि सभामा उक्त मत आउने सम्भावना निकै न्यून देखिएको छ। २०७४ को निर्वाचनमा विजयी भएका प्रदीप यादव पाँच वर्ष सांसद बने भने करिब एक वर्ष मन्त्री बने। उनलाई पर्सा(१ का मतदाताले जिताएर पठाए पनि उनले त्यहाँका जनताका लागि सम्झिने गरी कुनै काम गर्न नसकेको गुनासो तीव्र छ।
प्रदीप यादवलाई युवा फेस भनिए पनि उनको विकल्पको रूपमा अजय दुवेदी आएपछि प्रदीप चिन्तित बनेका हुन्। अजयले पर्सा(१ का जनताको न्यायका लागि आफूले उम्मेदवारी दिएको बताइरहेका छन्। दुवै गठबन्धनतर्फको मत तान्ने आङ्कलन अजयको रहेको छ। जसका कारण प्रदीप डेन्जर जोनमा देखिन्छन्। हाम्रा कुरा

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।