रौतहट, २४ कार्तिक । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर ४ पचरुखीमा नेकपा एसका अध्यक्ष एवं रौतहट निर्वाचन क्षेत्र नम्वर १ का उम्मेदवार माधवकुमार नेपालल विभिन्न पार्टीहरु परित्याग गरेर आएका एक सय जना बढिलाई पार्टीमा प्रवेश गराएका छन् ।
पचरुखीका समाजसेवी एवं चिकित्सक किसुनलाल महतो, उदय महतो सहित सयौं जनालाई पार्टीमा प्रवेश गराएर वाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवारलाई जिताउन आग्रह अध्यक्ष नेपालले गरे ।
पार्टीमा प्रवेश गरेका नवप्रवेशीहरुले पूर्व प्रधानमन्त्री नेपाल सहितका गठबन्धनको उम्मेदवारको पक्षमा मतदान गर्न र गराउन समेत प्रतिबद्धता जनाएको बताइएको छ । सो कार्यक्रममा प्रदेश ख का उम्मेदवार एवं मुख्यमन्त्रीको दाबेदार कृष्णप्रसाद यादवको बिकल्प नै नरहेकोले वहाहरुलाई सघाउने प्रतिबद्धता समेत गरेका छ्न ।ओली र सुर्य छापले देशको संविधान मधेसीको हक भ्रष्टाचारको बढावा र लुटतंन्त्रको जग हालेकोले त्यस्ता भ्रष्टहरुको अनैतिक गठबन्धनलाई हराई माधव नेपालको नेतृत्वमा भएको गठबन्धनलाई जिताउने समेत प्रतिबद्धता गरेका छ्न। सो कार्यक्रममा डा. बंशिधर मिश्र, गौर नपाका मेयर शम्भु साह, राजदेवीका मेयर भिखारी राय यादव, माधवनारायणका मेयर बैजनाथ यादव लगायत स्थानीयहरुको उल्लेख संख्यामा उपस्थिति रहेको बताइएको छ ।




बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन