262
Shares
रौतहट, २५ कार्तिक । दुर्गा भगवती गाउँपालिकाको पचरुखी गाउँमा विहिवार राति एक घरमा आगलागि हुँदा १० लाख मूल्य बराबरको क्षति भएको छ ।
दुर्गा भगवती गापा ४ पचरुखी निवासी लक्ष्मण महतोको घरमा गएराति ११ बजेको समयमा आगलागी भई उक्त मूल्य बराबरको सम्पत्ती जले नष्ट भएको हो ।
गोठमा भैसी, चौपयाहरुलाई लामखुट नलाग्न धुपबत्ती बालिएका थिए सोही धुपबतीबाट आगो सल्किएर आगलागी हुँदा एक भैसी, १० वटा खसी बाख्रा, खाद्यान्न सामग्रीहरु जलेर नष्ट भएको पिडितले बताए ।
चिसो मौसमको कारण मस्त निद्रामा रहेका स्थानीय आगलागि भएको केही बेरपछि जानकारी पाउदा थप क्षति हुनबाट जगाइएको उनले भने ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन