रौतहट, २५ कार्तिक । नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवले आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेको छ ।
सत्तारुढ गठबन्धनको तर्फबाट रौतहट क्षेत्र नं १ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार समेत रहेका मधेश प्रदेश कांग्रेसका सभापति यादवले देश र मधेश प्रदेश सहित रौतहटमा सत्ता गठबन्धनका उम्मेदवारहरु बहुमत सहित निर्वाचित हुने दाबी गरेको हो ।
गढिमाई नगरपालिका वडा नं ६ सिंगारमन धर्मपुरमा शुक्रवार गठबन्धनद्धारा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार यादवले सत्तारुढ गठबन्धनप्रति जनताको बिश्वास र आकर्षण बढ्दै गएकोले गठबन्धनका उम्मेदवार विजयी हुने बताए ।
गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आबद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा आम मतदाताहरू देशव्यापी रुपमा आतुर रहेकाले गठबन्धनको जीत सुनिश्चित रहेको स्पष्ट पारे ।
वर्तमान सरकारले छोटै समयमा गरेका राम्रा कामका साथै नेपाली कांग्रेस जस्तो पुरानो प्रजातान्त्रिक शक्तिको नेतृत्वलाई नै नेपाली जनताहरु रुचाएकाले हुनाले हाम्रो जित हुनेछ । नेपाली कांग्रेसले अहिलेको गठबन्धनको टिमलाई नै लिएर निर्वाचन पछि पनि अघि बढ्ने प्रण गरिसकेको अवस्थामा यही टिमको भावनालाई बुझेर सबैले गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने आग्रह गरे ।
मुलुकमा लोकतन्त्रपछि प्राप्त उपलब्धिको रक्षा गर्न, संविधानको रक्षा गर्न तथा नागरिक स्वतन्त्रताको संरक्षणका लागि वर्तमान सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरूले विजय हासिल गर्नुपर्ने उनले धारणा राखे ।
जनताको रिझान सत्ता गठबन्धनप्रति रहेकोले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा रौतहटको चारवटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनले नै विजयी प्राप्त गर्नेमा यादव विश्वस्त रहेको नेपाली कांग्रेस मधेश प्रदेशका सूचना, सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुख नितेश गुप्ताले जानकारी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन