समाज सुधार र परिवर्तनको लागि युवालाई मतदान गरौँ ः उम्मेदवार ई.पटेल

282 Shares

अभिमन्यु पटेल
रौतहट, २७ कार्तिक । मंसिर ४ गते हुन गईरहेको नेपालीहरु महान पर्व आम निर्वाचनमा मतदान गर्न र मत पाउने आशमा उम्मेदवारहरु निकै उत्साहित भएर लागिपरेका छन् ।
धेरै जसो निर्वाचित पुरानो उम्मेदवारहरु आफनो उम्मेदवारी दिएर त्यही पुरानो चुनावी प्रतिब्द्धता लिएर जनताको माझ आफनो पक्षमा मतदान गर्न पुरानै विकासे कुरालाई दोहोरियाउदै मतदान गर्न घरदैलो व्यस्त देखिन्छ ।
केही यसपालिका नयाँ अनुहार पनि प्रतिनिधिसभा र प्रदेशसभाको पदमा उम्मेदवारको रुपमा देख्न पाईरहेको छ ।
चुनावको बेला जनता रिझाउन र आफनो पक्षकमा मत खसाल्न विभिन्न प्रतिबद्धता गरेर गएपनि निर्वाचित भएर एक पल्ट त्यो गरिब, दलित, मजदूर, बिधार्थी र युवाको बिच आउन नसक्नेहरुको कुनै कुरामा नलागी समाज एवं क्षेत्र समृद्ध बनाउनको निमित परिवर्तन लागि आफुलाई मतदान गर्न नेकपा एकीकृत समाजवादीको तर्फबाट रौतहट क्षेत्र नम्बर २ मा प्रदेशसभा (ख) का प्रदेशसभा सदस्य पदको उम्मेदवार ई.कनिश कुमार पटेलले घरदैलो गर्दै मतदातासँग आग्रह गरेका छन ।

देवाही गोनाही नगरपालिकाको वडा नं ४ देवाही टोलमा आयोजित चुनावी घरदैलो गर्दै ई.पटेलले बिगतमा जिताएका नेताले क्षेत्रबासीसँग गरेको चुनावी प्रतिस्पर्धामा उत्रिएर काम गर्न नसक्दा आफु बाध्य भएर यो क्षेत्रको स्वास्थ्य, कृषि, भौतिक संरचना, बिधुतीकरण, शिक्षा लगायतको दर्जनौ योजनाको अतिआवश्यक देखिएकोले निरासा भएका मतदाताले पुरानो व्यक्तिहरुलाई हेरिसेको छ यसपालि एक पटक मलाई बिश्वास गर्नुपर्ने उनले बताए । उनले आफु निर्वाचित भएपाछी जनताको आपेक्षा भन्दा बढी काम गरेर देखाउने ई. पटेलले दाबी गरे ।
यसैबीच प्रदेशसभा सदस्य उम्मेदवार ई.पटेलले रौतहट क्षेत्र नं २ प्रदेशसभा (ख) मा अन्तर्गत पर्ने परोहा, बौधिमाई र देवाही गोनाही नगपरपालिको बिभिन्न वडामा चुनावी घरदैलो कार्यक्रम गरि प्रत्येक जनतासँग परिवर्तनको लागि एकमत मलाई दिन आग्रह गरेको एक जना नेकपा एसका नेताले जानकारी गराए । धेरै गरिब बस्तमिा चुनावको बेलामा मात्र नेताहरु आउने गर्छन तर तपाई युवा हुनुहुन्छ तपाईबाट केही परिवर्तन हुने आशा देखेको घरदैलोको क्रममा मतदाताले खुलेर आफनो जिज्ञासा प्रक्ट गरेको बताउछन ।

देशमा नै नयाँ जोश जाँगर, अनुभबी र युवा उम्मेदवार जनताले रुचाउन थालेकोले रौतहट क्षेत्र नम्बर २ को ( ख ) मा पनि यसको प्रभाव परेको हुदा ई.कनिश पटेलप्रति बृद्ध देखि युवा वर्गहरुको रुझान धेरै बढेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।