277
Shares
जनकपुरधाम, ३० कार्तिक । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई सुरक्षाको मध्यनजर राख्दै मंसिर १ बाट रेलसेवा चार दिनको लागि बन्द हुने भएको छ ।

जनकपुरधाम जयनगरसम्म सञ्चालनमा रहेको ब्रोडगेज रेल सेवा भोलिदेखि चार दिनका लागि बन्द हुने भएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रमुख निरञ्जन झाले सूचना जारी गर्दै निर्वाचनको कारणले मंसिर १ गतेदेखि ४ गते आइतबार सम्मको सम्पूर्ण सेवा बन्द हुने भएको जानकारी दिए ।
मंसिर ५ गतेदेखि पुन ः नियमित रुपमा रेल सेवा सञ्चालनमा आउने छ । आसन्न निर्वाचनमा सुरक्षाको मध्यनजर राख्दै चार दिन सम्म रेल सेवा बन्द गर्न निर्णय भएको हुँदा सर्वसाधारणमा सुचना मार्फत जानकारी गराइएको रेल कम्पनीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन