कटहरियामा स्वतन्त्र उम्मेदवारका कार्यकर्ताहरु बिच झड्प, प्रहरीद्धारा सात राउत हवाई फायर

304 Shares

रौतहट, १ मंसिर । रौतहटको निर्वाचन क्षेत्र नम्वर ३ स्थित कटहरिया बजारमा बुधवार राति स्वतन्त्र उम्मेदवारहरुको कार्यकर्ताहरु विच झडप हुँदा प्रहरीले बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लएका थिए ।
कटहरिया नगरपालिका ५ बजार स्थित शान्ति पेट्रोल पम्प अगाडी गएराति साढे ९ बजेको समयमा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाल र प्रदेशसभाका स्वतन्त्र उम्मेदवार कुन्दन कुशवाहाका समर्थक बीच वाद विवाद भइ दुवै पक्षका कार्यकर्ताहरु उग्र बन्न थालेपछि इप्रका कटहरियाबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले ४ राउण्ड अश्रुग्यास र सशस्त्र प्रहरीले ३ राउण्ड हवाइ फायर गरेर भिड नियन्त्रणमा लिएको थियो ।


इलाका प्रहरी कार्याल गरुडाका अनुसार दुवै पक्षका समर्थकहरु रक्सी खाएर एक अर्काको उम्मेदवारलाइ असभ्य एवं अशोभनिय भाषा प्रयोग गर्न थालेपछि विवाद शुरु भएको थियो । विवाद भएपछि दुवै पक्षका कार्यकर्ता झै—झगडा र भिडन्त गर्ने मनसायले जम्मा हुन थालेको र प्रहरीले भिडन्त हुन नदिन समझाइ बुझाइ गरे पनि दुबै पक्षका कार्यकर्ता आक्रोशित हुँदै गएको र अचानक प्रहरी माथि नै ढुंगा र शिशाका टुक्राले हान्न थालेपछि थप भिडन्त र झडप हुन नदिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गर्नु पर्यो ।
यस विषयमा दुवै पक्षले एक अर्कालाई चुनावमा पैसा र रक्सी बाँडेको आरोप लगाइरहेका छन् । घटनाकै विच प्रदेश सभाका स्वतन्त्र उम्मेदवार कुण्डन कुशवाहार पुग्दा तिनलाई आक्रोशित स्थानीयहरुले लखेटेका थिए । घटना शान्त रहेको इलाका प्रहरी गरुडाका प्रहरी निरीक्षक विरेन्द्र पासवानले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।