336
Shares
रौतहट, ३ मंसिर । यतिखेर रौतहट सदरमुकाम गौर सहित जिल्लाको विभिन्न स्थानहरुमा रहेका मतदान स्थलमा खटिएका कर्मचारीहरु बुथ बनाउने कार्यमा जुटेका छन् ।
भोली आईतवार विहान ७ बजे देखि सुरु हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको अन्तिम तयारी पुरा गर्नमा मतदान स्थलमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरुले बुथ बनाउने कार्यमा युद्धस्तरमा लागिपरेका हुन् ।

जिल्लामा हुने मतदानको क्रममा कहिकतैबाट गडबडी हुन नदिन सुरक्षाकर्मीहरु व्यापक रुपमा खटाएर बुथको सुरक्षा दिइरहेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सम्मिलित संयुक्त सुरक्षा गस्ती टोलीले पट्रोलिंग नियमित रुपमा गरिरहेको हुँदा शान्तिपूर्वक भयमुक्त भएर भोली विहानै देखि मतदान केन्द्रमा पुगेर आ आफनो मताधिकारको प्रयोग गर्न प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले रौतहटबासी संग आग्रह गरेको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन