रौतहट ८ मंसिर । चौथो पटक प्रभु साह प्रतिनिधि सभा सदस्य पदमा अपार मतका साथ विजयी हुनु भएको छ ।
रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा पुर्पमन्त्री साह निर्वाचित हुनु भएको हो ।
एमालेको टिकट अन्तिम समय सम्म होल्ड गरी स्वतन्त्र उम्मेदवारी दिएका पुर्वमन्त्री साहले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाललाई पराजित गरेका गर्न सफल भए । भएभरका शक्तिहरु मेरै खिलाफ रहेको तर जनतालाई भ्रमको खेती गर्नेहरुलाई सच्चिने मौका दिदै जनताको लागि विकासका आधारशिलाहरु खडा गर्नु र त्यसलाई कार्यान्वयनलाई अति नै महत्वका साथ कम समयमा क्षेत्र नम्वर ३ मा विकास निर्माण भएको हुँदा यहाँको जनताको सच्च सेवकको पक्षमा मतदान गर्नु हुने सम्पूर्ण मतदाता लगायत समस्त क्षेत्रबासी प्रति आभार प्रकट गरे ।
स्वतन्त्र उम्मेदवारी दिएका पुर्वमन्त्री साहले ३२ हजार ४ सय ३७ मत पाए भने पराजित अर्का स्वतन्त्र उम्मेदवार जययसवालले २५ हजार २ सय मत पाए ।
सो क्षेत्रमा माओवादी केन्द्रका रवीन्द्र पटेलले ८ हजार ५ सय ५८ मत ल्याएका छन ।
यस अघि प्रभु साह दुई पटक संविधान सभा सदस्यमा र १ पटक प्रतिनिधि सभामा निर्वाचित भइसकेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन