रौतहट, ११ मंसिर । नेपाल विद्युत प्राधिकरणको महानिर्देशक कुलमान घिसिंगले हुलाकी सडकमा विस्तार भईरहेको १३२ केभी प्रशारण लाईनका आईतवार निरीक्षण गरेका छन् ।

महानिर्देशक घिसिंगले पर्सा–पोखरिया, बारा–हरनहिया, रौतहट–सरुअठा र सर्लाही–सलेम्पुर १३२÷३३÷११ केभी सबस्टेशनको निरीक्षण गर्दै यस क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यक पुर्वाधारहरुको अवलोकन निरीक्षण गरेका हुन् ।

नेपाल विद्युत प्राधिकरणको वितरण कार्यालयहरु वीरगञ्ज, कलैया, सिम्रौनगढ, मौलापुर र गौरका निरीक्षण गर्दै सेवाग्रहीलाई सरल, छरितो र विना ढिलासुस्ती सेवा प्रवाह गर्न निर्देशन दिदै उनले यस क्षेत्रमा भईरहेका चुहावटलाई नियन्त्रण गर्ने तर्फ चुहावट फाँटका कर्मचारीहरुलाई अझ मेहनेत गर्नुपर्नेमा जोड दिए ।

नेपाल विद्युत प्राधिकरण गौर शाखाको वितरण केन्द्रमा पहिलो पटक महानिर्देशक घिसिंगको अनुगमन निरीक्षण भएको जानकारी दिदै वितरण केन्द्र गौरका प्रमुख विजय कुशवाहाले विद्युत प्राधिकरणको नीति निर्देशन अनुरुप यहाँका कर्मचारीहरु निरन्तर रुपमा खटेर पहिला भईरहेको चुहावटलाई नियन्त्रण गरेको तथा सेवा ग्राहीहरुलाई सरल रुपमा सेवा प्रवाह गर्दै आएकोमा महानिर्देशक घिसिंगले निकै सराहना गरेको उनले बताए ।
यसैगरी महानिर्देशक घिसिंग हर्षाहा सव स्टेशन र चन्द्रपुर प्रशारण लाईनको समेत निरीक्षण गरेको बताइएको छ ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन