प्रेमचन्द्र झा
गरुडा (रौतहट), १२ मंसिर । मौनिंग वाकमा निस्किएका एक व्यापारीलाई सोमवार विहान गरुडामा यात्रुबाहक बसको ठक्करबाट मृत्यु भएको विषयलाई लिएर गरुडाका व्यापारी तथा स्थानीय बासिन्दाहरु गौर चन्द्रपुर सडकको गरुडामा चक्का जाम गरेर दोषिलाई कारवाहीको माग गरिरहेका छन् ।
गरुडा नपा ४ का ४८ बर्षिय व्यापारी राजनारायण साहको बसको ठक्करबाट मृत्युको सत्य तथ्य जानकारी दिन माग गर्दै गरुडा नगरप्रमुख कन्तमणी जयसवालको नेतृत्वमा स्थानीय व्यापारी र बासिन्दाहरु बाटो अवरुद्ध गरेर धर्नामा वसेका हुन् ।
प्रहरीले व्यापारी मृत्युको कारण सडक दुर्घटना भने पनि समय स्यान र सवारी साधन बारे खुलाउन सकेको छैनन् ।प्रहरीले धाईते साहलाई उपचार समेत नगराएको आरोप छ । उपचारको अभावमा मृत्यु भएकोमा व्यापारीहरु प्रहरीको कार्यशैली माथि प्रश्न चिन्ह खडा गर्दै दुख व्यक्त गरेका छन ।
धटना बारे प्रहरीले अनुसन्धान गरि रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक रामराजा केसरीले बताए । ठक्कर दिने सवारी साधनको पत्ता नलागेको हुँदा प्रहरीले गहन छानविन गरिरहेको जानकारी दिए । प्रहरीले वास्तविक जानकारी नदिए पिडित परिवारलाई मिलाउने प्रयास गरिरहेको आरोप नगरप्रमुख कन्तमणी प्रसाद जयसवाले लगाए । सोमबार बिहान मृत्युु भएका व्यापारी साहको लास प्रादेशिक अस्पताल गौरमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले बताएको छ ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन