सि जिनपिंगको राजिनामाको माग गर्दै चीन भरी आन्दोलन तिव्र

273 Shares

चिनियाँ राष्ट्रपति सि जिंनपिंगको राजिमानाको माग गर्दै आईतवार रातभरी चीनका व्यापारिक शहर साँघाईमा प्रदर्शन भएका छन् ।
चीनमा कोरोना भाइरसमा शुन्य सहनसिलताको रणनीति अपनाएर चिनियाँ नागरिकलाई घरमै सिल गर्न थालेपछि राष्ट्रपति सि जिंनपिंग विरुद्ध आन्दोलन चीनमा चर्किदै गएका हुन् ।
चीनमा कोरोना भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धको विरोधमा सरकार विरोधी आन्दोलन चर्किँदै गएको छ । आन्दोलनकै क्रममा केही नागरिकलाई पक्राउ गरिएको बीबीसीले जनाएको हो । गएराति चीनको प्रमुख व्यापारिक शहर साँघाईमा ठूलो संख्यामा सहभागी भएका प्रदर्शनकारीहरुले “स्टेप डाउन सि जिंनपिंग, स्टेप डाउन कम्युनिष्ट पार्टी” का चर्का नाराबाजी गरेको जनाएको छ ।
सांघाईको मुख्य प्रदर्शनस्थलमा अहिले चिनियाँ प्रहरीले सर्वसाधारण नागरिकलाई प्रवेश गर्नमा रोक लगाएको छ । त्यो सडक आसपासमा हिँड्ने र तस्वीर लिनेलाई प्रहरीले प्रतिबन्ध लगाएको छ भने यदी त्यस्ता कार्य गर्नेहरुलाई ठाउँको ठाउँमा समत्ने गरेको छ ।
चीनको उरुम्ची स्थित एक अपार्टमेन्टमा आगलागी भएर १० जनाको मृत्यु भएलगत्तै प्रदर्शन सुरु भएको थियो । सरकारले लकडाउन गरेर घरबाहिर निस्किन नदिएकै कारण उनीहरुको मृत्यु भएको भन्दै उरुम्चीबाट सुरु भएको प्रदर्शन चीनका अन्य शहरमा पनि फैलिएको छ ।
यो विरोध प्रदर्शन सरकारको शुन्य कोभिड नीतिको विरोधमा बदलिएको छ र प्रदर्शनकारीले राष्ट्रपति सि जिनपिंगको राजिनामा समेत मागेका छन् । केही ठाउँमा प्रदर्शनकारीले मैनवत्ती बालेका छन् त केही ठाउँका आन्दोलनकारीले सेतो कागज देखाउँदै जुलसमा सहभागी भएका छन् ।
चीनमा कम्युनिष्ट पार्टी र सरकारविरुद्ध बोल्नुलाई निक्कै कठोर सजाय दिने गरिएको छ । सरकार र पार्टी विरुद्ध बोल्ने, प्रदर्शन गर्नेलाई जेल सजायसमेत हुन सक्छ । तर पनि त्यसको प्रवाह नगरी चिनियाँ नागरिक सडकमा निस्किएका छन् ।
सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चार माध्यममा सरकार विरोधी प्रदर्शनका तस्वीर तथा भिडियो आइरहेको भएपनि चिनियाँ सञ्चार माध्यम भने यो प्रदर्शनप्रति अहिले सम्म मौन रहेका छन् । बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।