प्रेमचन्द्र झा
रौतहट, १२ मंसिर । मौनिंग वाकमा निस्किएका व्यापारीको अज्ञात सबारीको ठक्करबाट मृत्यु भएको विषयलाई लिएर रौतहटको गरुडाका व्यापारीहरुले ३ घण्टा सम्म गौर चन्द्रपुर सडक खण्ड अवरुद्ध बनाएर प्रदर्शन गरेका छन् ।
रौतहटको गरुडा नगरपालिका वडा नम्वर ४ घर भएका ४८ बर्षिय व्यापारी राजनारायण साह सोमवार विहान मौनिंग वाकमा निस्किएका थिए तर उनलाई अज्ञात सबारीको ठक्करबाट मृत्यु भएपछि आक्रोशित बनेका पीडित पक्ष र गरुडाका व्यापारीहरु विहान ११ बजे देखि मेथुर चोकमा बाटो अवरुद्ध पारेर प्रहरी विरुद्ध प्रदर्शनमा उत्रिका थिए ।
व्यापारी साहको सवारी दुर्घटनाको कारण मृत्यु भएको विषयमा इप्रका गरुडामा व्यापारीहरु सम्पर्क गर्दा कहाँ निर दुर्घटना भएका र कुन सवारी साधनले भएको भन्ने बारे प्रहरीले केही भन्न नसकेपछि गरुडा नगरपालिकाको नगरप्रमुख कन्थमुणी प्रसाद जयसवालको नेतृत्वमा गरुडाको मेथुर चोकमा गौर चन्द्रपुर सडकमा अवरोध खडा गरेर प्रहरी विरुद्ध प्रदर्शन गरिए ।
प्रहरी संग व्यापारी साहको मृत्युको सत्य तथ्य जानकारी दिन माग गर्दा प्रहरीले यथार्थ कुनै जवाफ दिन नसक्दा गरुडा नगरप्रमुख जयसवाल स्थानीय व्यापारी र बासिन्दाहरु बाटो अवरुद्ध गरेर धर्नामा वसे थिए ।
अवरुद्ध बाटो खुलाउन स्थानीय प्रहरी प्रशासनले निकै प्रयास गरेपछि व्यापारीहरु प्रहरीलाई ४८ घण्टा भित्र ठक्कर दिएको सवारी साधन पत्ता लगाएर कानुनी दायरामा ल्याउने भन्दै अबरुद्ध बाटो सुचारु भएको प्रहरीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन