199
Shares
रौतहट, १६ मंसिर । रौतहटको दुर्गा भगवती गाउँपालिकाको छतौनमा पशुचौपायाको गोठमा आगलागी हुँदा ८ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर ४ छतैनाका हरी राय यादवको गोठमा विहिवार राति साढे ७ बजेको समयमा आगलागी हुँदा उक्त मुल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।
गोठमा भएको आगलागीमा परेर ३ वटा भैंसी र ५ वटा बाख्राको जलेर मृत्यु भएको छ । गोठमा लामखुट धपाउन बालिएको घुरोबाट आगलागी भएको प्रारम्भी अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन