बेलायत । चीनको सांघाईमा भईरहेको विरोध प्रदर्शनको समाचार कभर गरिरहेका बीबीसीका पत्रकार माथि गरिएको अमानविय व्यवहार एवं कुटपिटको घटनालाई लिएर बेलायती प्रधानमन्त्री ऋषि सुनकले बेइजिंगको निन्दा गर्दै चीनले बेलायतको मूल्य र चासोको लागि प्रणालीगत चुनौती खडा गरेको रोयटर्सको रिपोर्टमा उल्लेख गरिएको छ ।
आफ्नो पहिलो प्रमुख विदेश नीति भाषणमा सुनकले व्यापारले स्वचालित रूपमा सामाजिक र राजनीतिक फेरबदलमा लैजानेछ भन्ने मुर्ख विचार सँगै चीनसँग बेलायतीको सम्बन्धको तथाकथित ‘सुनौलो युग’ समाप्त भएको टिप्पणी गरेका हुन् ।
युनाइटेड किंगडमले ‘चीनप्रति आफ्नो दृष्टिकोण विकास गर्न आवश्यक छ,’ उनले लन्डनमा लर्ड मेयरको भोजमा आफ्नो भाषणमा भनेका छन्, ‘बेइजिङले राज्य शक्तिका सबै लिभरहरू प्रयोग गरेर विश्वव्यापी प्रभावका लागि सचेत रूपमा प्रतिस्पर्धा गरिरहेको छ ।’
सुनकले सन् २०१५ मा पूर्व अर्थमन्त्री जर्ज ओसबोर्नको चीन ब्रिटिश सम्बन्धको विवरणको सन्दर्भमा भने, “व्यापारले सामाजिक र राजनीतिक सुधारतर्फ लैजान्छ भन्ने सरल विचारसँगै तथाकथित ‘सुनौलो युग’ समाप्त भइसकेको छ ।
उनको सरकारले इन्डो प्यासिफिक साझेदारहरूसँगको व्यापार र सुरक्षा सम्बन्धलाई गहिरो बनाउन प्राथमिकता दिनेछ, उनले भने, ‘अर्थशास्त्र र सुरक्षा यस क्षेत्रमा अविभाज्य छन् ।’
आफ्नो पूर्ववर्ती लिज ट्रसको तुलनामा चीनविरुद्ध कम आक्रामक भएको भन्दै कन्जरभेटिभ पार्टीका केहीले प्रधानमन्त्री सुनकको आलोचनासमेत गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन